विश्वकप क्रिकेट लिग–२ : नेपालले आज ओमानसँग खेल्दै

२०८१ असोज ८ मंगलबार

आईसीसी विश्वकप लिग–२ त्रिदेशीय एकदिवसीय श्रृङ्खलामा नेपालले आज ओमानसँग खेल्दैछ । क्यानडाको किंग सिटीमा नेपालले आज यो श्रृङ्खलाको अन्तिम खेल खेल्न लागेको हो । खेल नेपाली समयअनुसार राति पौने ९ बजे शुरू हुनेछ ।

 

आठ टोली सहभागि लिग–२ मा १४ अङ्कका साथ क्यानडा शीर्ष स्थानमा छ । नेपाल सात खेलमा दुई अङ्कका साथ पुछारबाट दोस्रोमा छ । ६ खेलमा पाँच अङ्कसहित ओमान छैटौँ स्थानमा छ । त्रिदेशीय श्रृङ्खलामा नेपालले लगातार खराब प्रदर्शन गरिरहेको छ ।

 

नेपाल पहिलो खेलमा क्यानडासँग १ सय ३ रनले, दोस्रो खेलमा ओमानसँग एक विकेटले र तेस्रो खेलमा क्यानडासँग ५ विकेटले पराजित भएको थियो  । 

प्रतिकृया दिनुहोस

नेपाल र ओमान बिचको खेल वर्षाका कारण रद्द

विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल र ओमानबीचको खेल वर्षाका कारण रद्द भएको छ । क्यानडाको किंग्स सिटी क्रिकेट मैदानमा नेपाली समयअनुसार गएराति पौने

साफ महिला च्याम्पियनशिपका लागि नेपालकाे प्रारम्भिक टोलीमा ४० जना खेलाडी

साफ महिला च्याम्पियनशिप २०२४ का लागि नेपालले प्रारम्भिक टोलीमा ४० जना खेलाडीलाई बोलाएको छ ।   नेपाली राष्ट्रिय महिला टोलीका मुख्य प्रशिक्षक

काभा वुमन्स क्लब च्याम्पियनसिपको उपाधि नेपाल पुलिसलाई

नेपाल पुलिस क्लबले माल्दिभ्समा भएको सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) वुमन्स क्लब च्याम्पियनसिपको उपाधि जितेको छ । गएराति भएको फाइनल खेलमा