३५ रुपैयाँ पर्ने पानी सय रुपैयाँमा बेचेपछी...
वाणिज्य तथा आपूर्ति उपभोक्ता संरक्षण विभागले काठमाण्डाैकाे शान्तिनगरमा रहेको जिम्बु थकालीलाई तीन लाख रुपैयाँ जरिबाना तिराएकाे छ । अङ्कित मूल्यभन्दा दोब्बर मूल्यमा मिनिरल वाटर (बाेतलकाे पानी) बेचेको भन्दै विभागले जिम्बु थकालीलाई तीन लाख रुपैयाँ जरिबाना तिराएकाे हाे ।
जिम्बु थकालीले उपभोक्ताहरूलाई ३५ रुपैयाँ मूल्य पर्ने मिनिरल वाटरलाई एक सय रुपैयाँसम्म लिएको गुनासो आएसँगै विभागका महानिर्देशक राजन पौडेलसहितको टोलीले छड्के अनुगमन गरी रेस्टुरेन्टमा अनुगमन गरेको थियाे । महानिर्देशक पौडेलले जिम्बु थकालीले आफूलाई समेत ठगेको बताउनुभयो । रेस्टुरेन्टले अब पनि अङ्कित मूल्यभन्दा बढीमा पानीलगायतका कुनै पनि वस्तु बेचेको पाइएमा रेस्टुरेन्ट सिलबन्दी गर्ने उहाँकाे भनाइ छ ।
महानिर्देशक पाैडेलले चाडपर्व लक्षित विभागको सात वटा टोली बजार अनुगमनमा रहेको बताउनुभयो । उहाँले आवश्यकताका आधारमा उपभोक्ताहरू ठगीबाट जोगाउनका लागि विभागले बजार अनुगमनलाई तीव्रता दिएको उल्लेख दिनुभयाे । काठमाण्डाै उपत्यकासहित देशभर पालिकामार्फत बजार अनुगमनलाई तीव्र पारिएको उहाँकाे भनाइ छ ।
यात्रुले आपतकालीन ढोका खोलेपछि...
एकजना यात्रुले आपतकालीन ढोका खोलेपछि बुद्ध एयरको उडान प्रभावित भएको छ । विराटनगरबाट जनकपुरका लागि उड्दै गरेको बुद्ध एयरको एटीआर विमानमा यात्रु
सन्तान विदेशमा, बाबुआमा वृद्धाश्रममा
नुवाकोटकी सीतामायाको उमेरले ९० काटिसक्यो । यो डाँडामाथिको जुनजस्तै ९० वर्षको उमेरमा सीता मायाको वरिपरि छोराछोरी, नातिनातिना हुुनुपर्ने हो । तर
मोबाइल फोन सिरानीमा राखेर सुत्नु हानिकारक !
तपाईंले विचार गर्नुभएकै होला, धेरै समय मोबाइलबाट कुरा गरिसकेपछि अलिअलि चक्कर लाग्ने, आलस्य हुने जस्तो भएको। त्यो मोबाइलको रेडिएसनले गर्दा हो।
प्रतिकृया दिनुहोस