मोदीलाई नेपाल भ्रमणको निम्तो
प्रधानमन्त्री केपी शर्मा अोलीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणका लागि पुनः आग्रह गरेका छन् । संयुक्त राष्ट्र संघको ७९ औँ महासभामा भाग लिन अमेरिका पुगेका प्रधानमन्त्री ओली र प्रधानमन्त्री मोदी बिच यहाँको टोते न्युयोर्क प्यालेसमा भएको साइडलाइन वार्तामा सो आग्रह गरिएको हो ।
सो आग्रहपछि प्रधानमन्त्री मोदीले आफू नेपालको भ्रमण चाँडै गर्ने मनस्थितिमा रहेको धारणा राखेको भेटवार्तामा सहभागी एक अधिकारीले बताए । भेटपछि अमेरिकामा नेपाली सञ्चारकर्मीसँग कुरा गर्दै परराष्ट्रमन्त्री डा.आरजु राणाले भारतका प्रधानमन्त्री मोदी नेपालको भ्रमण चाँडै गर्ने कुराकानी भएको जानकारी दिइन् ।
प्रधानमन्त्री मोदीले नेपालका प्रधानमन्त्री ओलीसँगको भेटघाट राम्रो भएको बताउँदै नेपाल–भारतको मित्रता धेरै बलियो र त्यसलाई अझै गति दिन चाहेको उल्लेख गरेका छन् । भेटपछि आफ्नो एक्समा प्रधानमन्त्री मोदीले प्रधानमन्त्री ओलीसँग ऊर्जा, प्रविधि र व्यापार जस्ता विषयमा केन्द्रित रहेर कुराकानी भएको बताएका छन् ।
तर अमेरिका जानुअघि प्रधानमन्त्री ओलीले उठाएका ईपीजी तथा सीमा समस्याका बारेमा त्यहाँ कुनै कुरा राखेनन् । बैठकमा सहभागी एक अधिकारीले भने, ‘यूएनको महासभामा आएका मौकामा भएको साइडलाइन वार्तामा यस्ता इस्युमा कुरा हुँदैन, यी विषयमा कसैले कुरा राखेन । दुई देशको सम्बन्ध, व्यापार तथा कनेक्टिभिटीको बारेमा कुराकानी भएको हो, दुई देशका बिचमा रहेको विभिन्न संयन्त्रणहरुलाई सक्रिय बनाएर अगाडि बढ्ने कुराकानी भएको छ ।’
यस्ता उच्च स्तरीय भेटवार्तालाई निरन्तरता दिने र चाँडै नै दुई देशको प्रधानमन्त्रीले एक अर्काको देश भ्रमण गर्ने वातावरण तयार भएको ती अधिकारीले बताए ।
प्रधानमन्त्री उद्धार कोषमा एमालेको ५० लाख सहयोग
नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ५० लाख सहयोग गरेको छ । आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय,
स्थानीय तहको उपनिर्वाचनका लागि २५ दल दर्ता
आगामी मङ्सिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि २५ दल दर्ता भएका छन् । निर्वाचन आयोगका अनुसार असोज १० गतेदेखि १६ गतेसम्म दल दर्ताको निवेदन
प्रधानन्यायाधीशमा राउत नियुक्त
प्रकाशमानसिंह राउत प्रधानन्यायाधीशमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले राउतलाई प्रधानन्यायाधीशमा नियुक्त गरेका हुन् । नवनियुक्त
प्रतिकृया दिनुहोस