क्रिकेटर खड्का गृहजिल्ला बझाङमा सम्मानित

२०८१ असोज ३ बिहीबार

एसिया कप क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने क्रिकेटर सम्झना खड्कालाई गृहजिल्लामा सम्मान गरिएको छ । बझाङको जयपृथ्वी नगरपालिका–९, की स्थानीय खड्कालाई बझाङ क्रिकेट संघले सम्मान गरेको हो ।

 

संघको साधारणसभामा जयपृथ्वी नगरपालिकाका प्रमुख चेतराज बजाल र बझाङ क्रिकेट संघका अध्यक्ष प्रविन्द्र धामीले प्रमाणपत्र र क्रिकेट किटसहित सम्मान गरेका हुन् । महिला एसिया कप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपालले यूएईलाई पराजित गर्दा सम्झनाले नेपालको तर्फबाट उत्कृष्ट अर्धशतकीय पाली खेलेकी थिइन् । अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो पहिलो अर्धशतक प्रहार गर्ने क्रममा २४ वर्षीया सम्झनाले अविजित ७२ रन बनाएकी थिइन् । नगरप्रमुख बजालले जयपृथ्वी नगरपालिकाले खड्काको सम्मानमा अभिनन्दन कार्यक्रम आयोजना गर्ने बताए ।

 

बझाङ क्रिकेट संघका अध्यक्ष प्रविन्द्र धामीले सम्झना खड्काको लगनशिलता र सफलताले बझाङमा क्रिकेटको सम्भावनाको अन्तर्राष्ट्रिय ढोका खोलेको बताउँदै क्रिकेट खेलमा लाग्न चाहनेको लागि प्रेरणाको स्रोत बनेको भन्दै प्रशंसा गरेका थिए । पूर्वाधार, अभ्यास तथा खेलको वातावरणको अभावका बाबजुत पनि पछिल्लो समय बझाङ जिल्लामा क्रिकेट प्रतिको आकर्षण बढ्दो क्रममा रहेकोले भविष्यमा अझ राम्रा खेलाडी उत्पादन हुने विश्वास धामीले व्यक्त गरे ।

प्रतिकृया दिनुहोस

नेपालले आज ओमानसँग खेल्दै

आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिदेशीय श्रृङ्खलाअन्तर्गत नेपालले आज ओमानसँग खेल्दैछ । क्यानडाको किङ्ग सीटीमा हुने यो खेल नेपाली समयअनुसार आज

प्रिमियर लिग : आज आठवटा खेल हुँदै

इंग्लिस प्रिमियर लिग फुटबलमा आज आठवटा खेल हुँदैछन् । नेपाली समयअनुसार बेलुका सवा ५ बजे म्यानचेस्टर यूनाइटेड र साउथह्याम्पटन तथा पौने ८ बजे लिभरपुल र

नेपालले पहिलो पटक 'द हङकङ सिक्सेस' क्रिकेट खेल्ने

नेपालले हङकङमा हुने 'द हङकङ सिक्सेस' क्रिकेट खेल्ने भएको छ । पहिलोपल्ट नेपालले यो प्रतियोगितामा सहभागिता जनाउन लागेको हो ।   सन् १९९२ देखि शुरु