सबैको भावनालाई संविधानले संरक्षण गरेको छ : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको संविधानले सबैलाई अधिकार सम्पन्न बनाएको बताएका छन् ।
संविधान तथा राष्ट्रिय दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै सबैखाले विचार, समुदाय, भूगोल, लिङ्ग, जाति र धर्मका भावनालाई संविधानले संरक्षण गरेको उल्लेख गरेका छन्।
दशकौं लामो सङ्घर्ष र सयौँको बलिदानको फलस्वरूप जनता आफैँले आफ्ना लागि तय गरेको शासन प्रणाली र जनताले चुनेको संविधानसभाले पहिलो पटक निर्माण गरेको संविधानको संरक्षण गर्नु सबैको कर्तव्य भएको प्रधानमन्त्रीको भनाइ छ ।
प्रधानमन्त्रीले संविधानको संरक्षण गरेर मात्र हामीले उपभोग गरेका अधिकारको रक्षा हुन सक्ने जनाएका छन् । उनले जनताले लामो समयसम्म भोगेको निरङ्कुशता आजको पुस्ताले पनि बिर्सनु नहुने उल्लेख गरेका छन् ।
प्रधानमन्त्री ओलीले स्वतन्त्रता गुमेको दिन कस्तो हुन्छ भन्ने सम्झँदा समाजलाई निरङ्कुशताले नियन्त्रण गरेको दुई दशक अगाडिको चित्र मस्तिष्कमा सल्बलाइरहेको जनाएका छन् ।
संविधानले दिएको स्वतन्त्रताको उपभोग गरेर भविष्य सुरक्षित गर्नुपर्ने भन्दै प्रधानमन्त्रीले सबै नेपालीमा संविधान दिवसको शुभकामना व्यक्त गरेका छन् ।
जनताको अवस्था बदल्न दृढताका साथ अघि बढौँ : प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानमार्फत जनताले प्राप्त गरेका अधिकारको रक्षा, प्रयोग र
संविधानले सबैको हकअधिकार सुनिश्चित गरेको छ : देउवा
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको संविधानले लोकतन्त्र र मानवअधिकारका विश्वव्यापी मान्यतालाई आत्मसात्
संविधानले नेपालीलाई एकताको सूत्रमा आबद्ध गरेको छ : राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेलले संविधानले केन्द्रीकृत र एकात्मक राज्य व्यवस्थाद्वारा सिर्जित सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै जातीय,
प्रतिकृया दिनुहोस