नेपालले पहिलो पटक 'द हङकङ सिक्सेस' क्रिकेट खेल्ने

२०८१ भदौ २६ बुधबार

नेपालले हङकङमा हुने 'द हङकङ सिक्सेस' क्रिकेट खेल्ने भएको छ । पहिलोपल्ट नेपालले यो प्रतियोगितामा सहभागिता जनाउन लागेको हो ।

 

सन् १९९२ देखि शुरु भएको प्रतियोगिताको १९ औं संस्करण हङकङको मिसन रोड क्रिकेट मैदानमा आउँदो नोभेम्बर एक तारिख अर्थात् कात्तिक १६ देखि नोभेम्बर ३ अर्थात् कात्तिक १८ गतेसम्म हुनेछ ।

 

प्रतियोगितामा बढीमा १२ टोलीको सहभागिता रहनेछ । पछिल्लो संस्करण सन् २०१७ मा भएको थियो । त्यसबेला पाकिस्तानलाई हराउँदै दक्षिण अफ्रिकाले उपाधि जितेको थियो ।

 

नेपाली क्रिकेट टोली विश्वकप लिग–दुईको त्रिदेशीय शृङ्खलाका लागि हिजो क्यानडा प्रस्थान गरेको छ । ‘द हङकङ सिक्सेस’ मा नेपालबाट कस्तो टोली सहभागी हुन्छ यकिन भइसकेको छैन ।

प्रतिकृया दिनुहोस

क्रिकेटर खड्का गृहजिल्ला बझाङमा सम्मानित

एसिया कप क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने क्रिकेटर सम्झना खड्कालाई गृहजिल्लामा सम्मान गरिएको छ । बझाङको जयपृथ्वी नगरपालिका–९, की

नेपालले आज ओमानसँग खेल्दै

आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिदेशीय श्रृङ्खलाअन्तर्गत नेपालले आज ओमानसँग खेल्दैछ । क्यानडाको किङ्ग सीटीमा हुने यो खेल नेपाली समयअनुसार आज

प्रिमियर लिग : आज आठवटा खेल हुँदै

इंग्लिस प्रिमियर लिग फुटबलमा आज आठवटा खेल हुँदैछन् । नेपाली समयअनुसार बेलुका सवा ५ बजे म्यानचेस्टर यूनाइटेड र साउथह्याम्पटन तथा पौने ८ बजे लिभरपुल र