फुटबल मैदानमा रकेट आ*क्र*म*ण, १२ बालबालिकाको मृ*त्यु
इजरायलको कब्जामा रहेको गोलान हाइट्समा भएको रकेट आक्रमणमा फुटबल खेलिरहेका १२ बालबालिकाको मृत्यु भएको छ ।
फुटबल मैदानमा भएको रकेट आक्रमणमा १० जनाभन्दा बढी घाइते भएका छन् । इजरायली सेनाले रकेट हिजबुल्लाहले प्रहार गरेको बताएको छ । तर हिजबुल्लाहले इजरायली सेनाको यो दाबी अस्वीकार गरेको छ ।
इजरायली सेनाले माजदल शाम्सको ड्रुज सहरमा रकेट प्रहार गरेको जनाएको छ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले यस हमलाको निन्दा गर्दै आक्रमणकारीले यसको ठूलो मूल्य चुकाउनु पर्ने चेतावनी दिएका छन् ।
यो आक्रमणपछि इजरायल र हिजबुल्लाहबीच प्रत्यक्ष युद्ध हुनसक्ने अनुमान गरिएको छ । गत वर्ष अक्टोबरमा इजरायल-गाजा युद्ध सुरु भएदेखि इजरायली सेना र हिजबुल्लाहबीच लगातार गोली हानाहान भइरहेको छ ।
इरानमाथिको कारबाही तत्कालका लागि अन्त्य भएको इजरायलको घोषणा
इजरायलले इरानमाथिको कारबाही तत्कालका लागि अन्त्य भएको घोषणा गरेको छ । राजधानी तेहरान आसपासका इरानी सैन्य क्षेत्रलाई लक्षित गरी हवाइ आक्रमण गरेको
भारतमा सामुद्रिक आँधीको सामना गर्न तयारी तिब्र, तीन दिनका लागि विद्यालय बन्द
भारतको ओडिशा र पश्चिम बङ्गालको तटमा दाना नामको सामुद्रिक आँधीको सम्भावित अवतरण अघि सरकारले तयारी तिब्र बनाएको छ । आज भारतीय वायु सेनाका दुई
मुम्बईमा एनसीपीका नेता सिद्दिकीको गोली हानी ह*त्या
भारतको मुम्बईमा एनसीपीका नेता बाबा सिद्दिकीको गोली हानी हत्या गरिएको छ । गएराति मुम्बईको बान्द्रा पूर्वमा नेता सिद्दिकीमाथि गोली प्रहार भएको थियो ।
प्रतिकृया दिनुहोस