सुदूरपश्चिमसहितका यी प्रदेशमा भारी वर्षाको सम्भावना

२०८१ श्रावण १२ शनिबार

अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

 

महाशाखाकाअनुसार आज देशका केही ठाउँहरुमा चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

 

दिउँसो बाग्मती र सुदूरपश्चिम प्रदेशका एक–दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । भरे राति पनि बाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम  प्रदेशका एक–दुई  ठाउँमा ठूलो पानी पर्न सक्ने मौसमविद्को भनाइ छ ।

 

बाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम  प्रदेशका एक–दुई ठाउँमा ठूलो वर्षाको  सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रतिकृया दिनुहोस

देशैभर भिटामिन ‘ए’ सँगै जुकाको औषधि खुवाइँदै

आज र भोलि देशैभर भिटामिन ए क्याप्सुलसँगै जुकाको औषधि खुवाइँदै छ ।   स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले राष्ट्रिय पोषण कार्यक्रम अन्तरगत

भारतबाट २ लाख मेट्रिक टन गहुँ आयात गरिँदै

बजारमा गहुँको माग बढेसँगै सरकारले भारतबाट २ लाख मेट्रिक टन गहुँ आयात गर्ने भएको छ । अहिलेलाई भारत सरकारसँग गहुँको आयातका लागि आवश्यक समन्वय भइरहेको

देशका अधिकांश भूभागमा मौसम सफा रहने

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर पश्चिमी वायुको आंशिक तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा स्थानीय वायुको