हैजा रोकथामका लागि द्रुत प्रतिकार्य टोली परिचालन

२०८१ श्रावण ११ शुक्रबार

कैलालीको धनगढी उपमहानगरपालिका–१ का दुई महिलामा हैजाको सङ्क्रमण पुष्टि भएपछि रोगको रोकथामका लागि प्रभावित क्षेत्रमा द्रुत प्रतिकार्य टोली परिचालन गरिएको छ ।

 

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख आशुतोष श्रेष्ठले हैजा फैलिन नदिन गर्नुपर्ने प्रतिकार्यका लागि प्रभावित क्षेत्रमा टोली परिचालन गरिएको जानकारी दिए। उनले भने, “वडा नं १ मा थप दुई बालकमा हैजाको आशङ्का गरिएको छ, यसको पुष्टि हुन भने बाँकी छ ।”

 

हैजाबाट पीडितलाई सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारार्थ भर्ना गरिएको छ । द्रुत प्रतिकार्य टोलीले प्रभावित क्षेत्रका बासिन्दाले उपभोग गरिरहेको खानेपानीको नमूना लिने कार्यका साथै अन्य प्रतिकार्यको काम थालेको छ ।

 

नेपाल खानेपानी संस्थान, खानेपानी डिभिजन कार्यालय र सङ्घीय खानेपानी आयोजनाको कार्यालयलाई वितरित खानेपानीको शुद्धीकरण गर्ने÷गराउने कार्यका लागि लिखित अनुरोध गरिएको श्रेष्ठले बताए ।

 

दूषित खानेपानीका साथै झिँगा तथा दूषित खानेकुराको उपभोगबाट हैजा फैलिन सक्ने भएकाले यस्ता खानेकुरा नखान स्वास्थ्यकर्मीले आग्रह गरेका छन् ।

 

हैजाको पुष्टि भएको टोलमा भइरहेको सडक निर्माणबाट खानेपानीको पाइप फुटेको र सोही कारणबाट खानेपानी दूषित भएको आशङ्का गरिएको छ ।

प्रतिकृया दिनुहोस

माओवादी केन्दीय नेताहरुलाई सुदूरपश्चिम प्रदेश भूगोल, विभाग, जनवर्गीय संगठनको जिम्मेवारी

कञ्चनपुर - नेकपा माओवादी केन्द्रले सुदूरपश्चिम प्रदेश भूगोलबाट केन्द्रीय कमिटिमा रहेका नेताहरुलाई जिम्मेवारी बाँडफाँड गरेको छ । माओवादी केन्द्र

पुलिस ब्याटनमा प्रहरी निरीक्षक जैशी सम्मानित

दिनेश चाैधरी / बेलाैरी, कञ्चनपुर - नेपाल प्रहरीका एक प्रहरी अधिकृत एवम् तत्कालीन ईलाका प्रहरी कार्यालय बेलौरीका इञ्चार्ज सम्मानित भएका छन्

कैलालीमा दशैँको अवधिमा सबैभन्दा बढी सवारी दुर्घटना

कैलाली -   कैलालीमा सवारी दुर्घटनामा परेर पाँच जनाको मृत्यु भएको छ । दशैँको अवधिमा सवारी दुर्घटनामा परेर पाँच जनाको मृत्यु भएको हो ।   कैलालीमा