पेरिस ओलम्पिकको औपचारिक उद्घाटन आज, नेपालबाट ६ खेलमा ७ खेलाडीले प्रतिस्पर्धा गर्दै

२०८१ श्रावण ११ शुक्रबार

पेरिस ओलम्पिकको ३३ औँ संस्करणको औपचारिक उद्घाटन फ्रान्समा आज हुँदैछ । उद्घाटन नेपाली समयअनुसार राति ११ बजे पेरिसमा शुरु हुने छ ।

 

साउन २७ गतेसम्म ओलम्पिक सञ्चालन हुने छ । औपचारिक उद्घाटनअघि नै फुटबल, रग्बी सभेन्स, ह्यान्डबल र आर्चरी खेलको शुरुवात भइसकेको छ । उद्घाटन समारोहमा नेपालको झन्डा टेबलटेनिसका स्यान्टु श्रेष्ठ र जुडोकी मनिता श्रेष्ठ प्रधानले संयुक्त रूपमा बोक्दैछन् ।

 

नेपाली टेबलटेनिसले पहिलो पटक ओलम्पिक खेल्न लागेको हो । त्यसमा पनि स्यान्टु दक्षिण एसियाली छनोट प्रतियोगिता जित्दै ओलम्पिक पुगेका हुन् । जुडोकी मनिताले महादेशीय कोटाबाट ओलम्पिकमा स्थान बनाएकी हुन् ।नेपालबाट ६ खेलमा ७ खेलाडीले भाग लिएका छन् । स्यान्टु र मनिताबाहेक एथलेटिक्सकी सन्तोषी श्रेष्ठ, ब्याडमिन्टनका प्रिन्स दाहाल, पौडीका एलेक्जेन्डर शाह र डुवाना लामा तथा सुटिङकी सुस्मिता नेपाल रहेका छन् ।

 

टेबलटेनिससँगै ब्याडमिन्टनको पहिलो ओलम्पिक सहभागिता हो । उद्घाटन समारोहमा सन्तोषीबाहेक सबै खेलाडीको सहभागिता रहनेछ ।म्याराथन धाविका सन्तोषीको खेल ओलम्पिकको अन्तिम दिन रहेकाले उनी साउन १५ गते मात्र पेरिस जानेछिन् ।

 

ओलम्पिकमा भोलि शुरु हुने टेबलटेनिस र ब्याडमिन्टनको खेलमा  नेपाली खेलाडीको प्रतिस्पर्धा रहेको छ । खेल पेरिस एक्पो पोर्ट डे भर्सेल्समा भोलिराति सबा ११ बजे शुरु हुनेछ । पेरिस ओलम्पिकमा दुई सयभन्दा बढी देशका झण्डै साढे १० हजार खेलाडीले ३२ खेलमा प्रतिस्पर्धा गर्ने छन् ।

प्रतिकृया दिनुहोस

महिला साफ च्याम्पियनशिपका लागि नेपाली टोली घोषणा

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले महिला साफ च्याम्पियनशिपका लागि खेल्ने महिला राष्ट्रिय फुटबल टिमको घोषणा गरेको छ । एन्फाले हिजो २३ सदस्यीय टिमको घोषणा

पहिरोमा परेका ६ जना खेलाडीका परिवारलाई एन्फाले आठ लाख दिने

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरी टेकर पहिरोमा परी ज्यान गुमाएका ६ जना खेलाडीका हरेक परिवारलाई अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले आठ लाख

क्यानडाको दोस्रो रोजाइको टोलीसँगको दोस्रो खेलमा नेपाल विजयी

क्यानडाको दोस्रो रोजाइको टोलीसँगको दोस्रो अभ्यास खेलमा नेपाल विजयी भएको छ । नेपालले गएराति भएको खेलमा हाइप्रोफमेन्सलाई २० रनले हराएको हो । एक सय ७७