जहाज दुर्घटना : क्याप्टेनको जीवितै उद्धार, १८ जनाको ज्यान गयो

२०८१ श्रावण ९ बुधबार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज बिहान भएको सौर्य एअरलाइन्सको जहाज दुर्घटनामा १८ जनाको ज्यान गएको छ ।

 

जहाजका क्याप्टेनको सकुशल उद्धार गरिएको छ ।

 

दुर्घटना भएको जहाजमा सौर्य एअरलाइन्सकै प्राविधिक र इन्जिनियरहरू रहेका प्रहरीले जनाएको छ ।

 

नेपाल प्रहरीका प्रवक्ता दानबहादुर कार्कीले दिनुभएको जानकारीअनुसार जहाजमा १७ जना प्राविधिक र इन्जिनियर तथा दुई जना चालक दलका सदस्य थिए । जहाजका क्याप्टेन मनिष शाक्यलाई उद्धार गरेर केएमसी अस्पतालमा लगिएको पनि उहाँले बताउनुभयो । शाक्यको टाउकोमा चोट लागेको छ । १८ जनाको शव निकालिएको नेपाली सेनाले जानकारी दिएको छ । नेपाल प्रहरीले भने १५ जनाकाे ज्यान गएकाे र चार जनाकाे उद्धार गरिएकाे जनाएकाे छ ।

 

बिहान ११ बजेतिर पोखरा उड्ने क्रममा सौर्य एअरलाइन्सको जहाज धावनमार्ग छाडिसकेपछि भुइँमा बजारिएको हो । भुइँमा बजारिएपछि जहाजमा लागेको आगो निभाइएको छ । इन्जिन परीक्षणका लागि प्राविधिक र इन्जिनियर लिएर जहाज पोखरातर्फ उड्न लागेको बुझिएको छ ।

 

प्रतिकृया दिनुहोस

देशैभर भिटामिन ‘ए’ सँगै जुकाको औषधि खुवाइँदै

आज र भोलि देशैभर भिटामिन ए क्याप्सुलसँगै जुकाको औषधि खुवाइँदै छ ।   स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले राष्ट्रिय पोषण कार्यक्रम अन्तरगत

भारतबाट २ लाख मेट्रिक टन गहुँ आयात गरिँदै

बजारमा गहुँको माग बढेसँगै सरकारले भारतबाट २ लाख मेट्रिक टन गहुँ आयात गर्ने भएको छ । अहिलेलाई भारत सरकारसँग गहुँको आयातका लागि आवश्यक समन्वय भइरहेको

देशका अधिकांश भूभागमा मौसम सफा रहने

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर पश्चिमी वायुको आंशिक तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा स्थानीय वायुको