पेरिस ओलम्पिकमा नेपालको झण्डा स्यान्टु र मनिताले बोक्ने

२०८१ श्रावण ९ बुधबार

फ्रान्सको पेरिसमा हुने ३३औँ गृष्मकालीन ओलम्पिक प्रतियोगिताको मार्चपासमा नेपालको झन्डा टेबल टेनिसका खेलाडी स्यान्टु श्रेष्ठ र जुडो खेलकी मनिता श्रेष्ठ प्रधानले संयुक्त रूपमा बोक्ने भएका छन् । पर्सि साउन ११ देखि २७ गतेसम्म हुने प्रतियोगिताको उद्घाटनमा स्यान्टु र मनिताले नेपालको झन्डा बोक्ने नेपाल ओलम्पिक कमिटीले जनाएको छ ।

 

स्यान्टु क्षेत्रीय तथा मनिता महादेशीय छनोटबाट ओलम्पिकमा सहभागी हुन लागेका हुन् । पेरिस ओलम्पिकमा नेपालबाट सात खेलाडीको सहभागिता छ । जसमा स्यान्टु र मनितासहित ब्याडमिन्टनका प्रिन्स दाहाल, सुटिङकी सुस्मिता नेपाल, पौडीका एलेक्जेन्डर शाह र डुवाना लामा तथा एथलेटिक्सकी सन्तोषी श्रेष्ठ रहेका छन् । सन्तोषीबाहेक अरू खेलाडी र प्रशिक्षक पेरिस पुगिसकेका छन् ।

 

सुटिङमा प्रदीप खाती, टेबल टेनिसमा राजेन्द्र कपाली, जुडोमा देवु थापा, एथलेटिक्समा कान्तिकुमारी महतो यादव र पौडीमा नयना शाक्यले प्रशिक्षकको भूमिका निर्वाह गर्नेछन् । ब्याडमिन्टनका प्रिन्स भने प्रशिक्षकविना खेल्नुपर्ने भएको छ । एथलेटिक्सतर्फ म्याराथनको प्रतिस्पर्धा अन्तिम दिन हुने भएकाले त्यसमा सहभागी हुने खेलाडी सन्तोषी आउँदो साउन १५ गते पेरिस प्रस्थान गर्ने तय भएको छ । 

प्रतिकृया दिनुहोस

महिला साफ च्याम्पियनशिपका लागि नेपाली टोली घोषणा

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले महिला साफ च्याम्पियनशिपका लागि खेल्ने महिला राष्ट्रिय फुटबल टिमको घोषणा गरेको छ । एन्फाले हिजो २३ सदस्यीय टिमको घोषणा

पहिरोमा परेका ६ जना खेलाडीका परिवारलाई एन्फाले आठ लाख दिने

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरी टेकर पहिरोमा परी ज्यान गुमाएका ६ जना खेलाडीका हरेक परिवारलाई अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले आठ लाख

क्यानडाको दोस्रो रोजाइको टोलीसँगको दोस्रो खेलमा नेपाल विजयी

क्यानडाको दोस्रो रोजाइको टोलीसँगको दोस्रो अभ्यास खेलमा नेपाल विजयी भएको छ । नेपालले गएराति भएको खेलमा हाइप्रोफमेन्सलाई २० रनले हराएको हो । एक सय ७७