पासवर्ड राखेर यसरी सुरक्षित राख्नुहोस् पीडीएफ फाइल

२०८१ श्रावण ८ मंगलबार

एक समय थियो, जब चोर तपाईंको पैसा र गहना चोरी गर्थ्यो, तर अब डिजिटल चोरको बिगबिगी छ । जसले तपाईंका महँगा सामानको साटो तपाईंको डेटा चोरी गर्न सक्छ र बैंकिङ फ्रड तथा ठगी जस्ता घटना घटाइदिन सक्छ ।

 

डिजिटल युगमा पीडीएफ चोरीका घटना समेत हुने गरेका छन् । त्यसैले त आजकल बैंकिङ जस्ता गोपनीय दस्ताबेज तथा कागजात डिजिटल फर्म्याटमा पठाउँदा पासवर्ड प्रोटेक्टेड गरिएका हुन्छन् । यति हुँदा हुँदै पनि बैंकिङ पासवर्ड अनलक गर्न सहज हुन्छ ।

 

किन कि यस्ता फाइल खोल्नका लागि नाम र जन्ममिति भए पुग्छ । यस्तोमा तपाईं आफ्नो पीडीएफ डकुमेन्टलाई आफ्नै गोप्य पासवर्ड राखेर लक गर्न सक्नु हुन्छ, जुन केवल तपाईं र तपाईंले बताएको मान्छेले मात्रै खोल्न सक्छ ।

 

कसरी राख्ने पीडीएफमा पासवर्ड ?

 

  • - सबैभन्दा पहिला तपाईं एडोब एक्रोब्याटमा जानुहोस् ।

  •  

  • - त्यसपछि टुल्स अनि प्रोटेक्ट अप्सनमा पुग्नुहोस् ।

  •  

  • - अब इन्क्रिप्ट विथ पासवर्ड लेखिएको विकल्पमा क्लिक गर्नुहोस् ।

  •  

  • - यति गरिसकेपछि आफूले चाहेको पासवर्ड राख्नुहोस् ।

  •  

  • - अब ओके बटनमा थिच्नुहोस् र कन्फर्म गर्नुहोस् ।

  •  

  • - अनि अन्त्यमा फाइल सेभ गर्नुहोस् ।

  •  

अनलाइन विकल्प

 

  • - एडोब एक्रोब्याटको साइटमा जान यहाँ क्लिक गर्नुहोस् ।

  •  

  • - अब आफ्नो कुनै पनि पीडीएफ फाइललाई ड्रयाग (माउसले खिचेर) अनि ड्रप (छोड्ने) गरी पासवर्डमार्फत सुरक्षित राख्न चाहेको फाइल ल्याउनु होस् ।

  •  

  • - त्यसपछि पासवर्ड तथा कन्फर्म पासवर्ड राखेर सेट पासवर्ड विकल्पमा थिच्नुहोस् ।

  •  

  • - अब अन्त्यमा त्यसलाई डाउनलोड गर्नुहोस् अथवा साइन इन गरी शेयर गर्नुहोस् । 

 

प्रतिकृया दिनुहोस

यात्रुले आपतकालीन ढोका खोलेपछि...

एकजना यात्रुले आपतकालीन ढोका खोलेपछि बुद्ध एयरको उडान प्रभावित भएको छ । विराटनगरबाट जनकपुरका लागि उड्दै गरेको बुद्ध एयरको एटीआर विमानमा यात्रु

सन्तान विदेशमा, बाबुआमा वृद्धाश्रममा

नुवाकोटकी सीतामायाको उमेरले ९० काटिसक्यो । यो डाँडामाथिको जुनजस्तै ९० वर्षको उमेरमा सीता मायाको वरिपरि छोराछोरी, नातिनातिना हुुनुपर्ने हो । तर

३५ रुपैयाँ पर्ने पानी सय रुपैयाँमा बेचेपछी...

वाणिज्य तथा आपूर्ति उपभोक्ता संरक्षण विभागले काठमाण्डाैकाे शान्तिनगरमा रहेको जिम्बु थकालीलाई तीन लाख रुपैयाँ जरिबाना तिराएकाे छ । अङ्कित