विपद् व्यवस्थापनका लागि सशस्त्र प्रहरी देशभर तैनाथ

२०८१ असार १० सोमबार

यस वर्षको मनसुन प्रतिकार्यका लागि सशस्त्र प्रहरीको टोली स्रोत साधनसहित देशभर तयारी अवस्थामा छन् । सशस्त्र प्रहरी बल नेपालले सबै कार्यालयमा बाढीपहिरो, डुबान एवम् विपदमा परेका बेला तत्कालै उद्धारका लागि मनसुन प्रतिकार्य टोली तयार पारी परिचालन गरिएको जानकारी दिएको छ । 

 

स्रोत साधनसहित तैनाथ जनशक्तिले बाढीपहिरो र डुबानका सम्भावित इलाकामा ‘हजार्ड म्यापिङ’ गरी ती स्थानमा लामो र छोटो गस्ती गर्नुका साथै देशभरका कार्यालयमा विपद ‘फोकल पर्सन’ तोकेको छ । फोकल पर्सनले आवश्यक समन्वय गर्ने व्यवस्था मिलाइएको सशस्त्र प्रहरीका प्रवक्ता सशस्त्र प्रहरी नायब उपरीक्षक कुमार न्यौपाने जानकारी दिनुभयो । राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्र, प्रदेश आपतकालीन कार्य सञ्चालन केन्द्र, जिल्ला आपतकालीन सञ्चालन केन्द्रमा तालिम प्राप्त सशस्त्र प्रहरी कर्मचारी खटाइएको छ । 

 

त्यहाँ खटिएका प्रहरीले आवश्यक समन्वय गर्नुका साथै विपदमा  परेकाको तत्कालै उद्धारका लागि ३९ जिल्लाको ५९ वटा सशस्त्र प्रहरीको कार्यालयमा एक सय २० वटा मोटरबोट तथा र्याफ्टबोट तयारी अवस्थामा राखिएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार ९१ गोताखोरलाई आवश्यक उपकरणसहित सात वटै प्रदेशस्थित बाहिनी मुख्यालय तथा सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार, उपत्यकास्थित नम्बर २० विपद् उद्धार गण सिनामङ्गल, नम्बर २४ कालिका गण कास्की, सिन्धुलीको खुर्कोट बेसमा तैनाथ गरिएको छ । 

 

विपद् व्यवस्थापन तालिमप्राप्त जनशक्तिसहित धनकुटाको मूलघाट, बाराको निजगढ, धादिङको आदमघाट, सिन्धुलीको खुर्कोट, मकवानपुरको कुलेखानी, म्याग्दीको नारच्याङ, दाङको भालुवाङ, सुर्खेतको चिप्ले र डडेलधुराको अमरगढीमा गरी नौ वटा विपद् व्यवस्थापन बेस स्थापना गरिएको छ । तालिम प्राप्त जनशक्तिलाई सातै प्रदेशस्थित बाहिनी मुख्यालय, उपत्यकास्थित नम्बर ९ पशुपतिनाथ बाहिनी मुख्यालय, १० वटा शिक्षालय, सबै गणमा एक÷एक प्लाटुन र गुल्म वा सोभन्दा साना युनिटमा एक सेक्सनको दरले आवश्यक स्रोत साधनसहित तैनाथ गरिएको छ ।

 

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणद्वारा सशस्त्र प्रहरी बल नेपाललाई हस्तान्तरण गरिएका आठ वटा ‘मासक्याजुल्टी भेहिकल’ र आठ वटा ए क्लासका एम्बुलेन्सलाई परिचालन गर्न सक्ने गरी सुनसरी, महोत्तरी, कुरिनटार, पोखरा, रुपन्देही, सुर्खेत, कैलाली र काठमाडौँमा तयारी अवस्थामा राखिएको छ । विपदको समयमा शुद्ध पिउने पानीको अभावलाई पूर्ति गर्न अमेरिकी दूतावासद्वारा निर्मित डिप ट्युबवेल काठमाडाैंको सात स्थानसहित कास्की, नवलपरासी, बाँके, कैलालीमा तयारी अवस्थामा राखिएका छन् । 

 

अमेरिकी दूतावासबाट प्राप्त ‘डिजास्टर रिलिफ सिष्टम’का २८ वटा कन्टेनर १३ जिल्लाका १५ वटा सशस्त्र प्रहरी बल कार्यालयमा तयारी अवस्थामा राखिएको जनाइएको छ । सशस्त्र प्रहरी बलका कार्यालयमा २४ सैँ घण्टा तैनाथ रहने गरी आवश्यक तयारी गरिएको छ । सशस्त्र प्रहरी बल नेपालका एकाइहरुबाट विपद प्रतिकार्यका लागि मनसुन अवधिभर कार्य गर्ने गरी ५० वटा टोली विभिन्न स्थानमा परिचालन गरिसकिएको छ ।  प्रदेशस्थित सात वटै बाहिनी मुख्यालयमा विपद् व्यवस्थापन टोली तयारी अवस्थामा रहेका छन् । 

 

देशभर रहेका सशस्त्र प्रहरी बलका एकाइमा विपद् प्रतिकार्यमा परिचालन गराउन निश्चित जनशक्ति आवश्यक उपकरणसहित तयारी अवस्थामा राखिएका छन् । जस अनुरुप एक पटकमा २४सैँ घण्टा रहने गरी पाँच सय ४६ एकाईहरुमा सात हजार चार सय ५५ जनाको जनशक्ति तयारी रहेको सशस्त्र प्रहरीले जानकारी दिएको छ । रासस 

प्रतिकृया दिनुहोस

बाढीपहिरो : काठमाण्डौ उपत्यकामा ३२ जनासहित देशभर ५० जनाको ज्या*न गयो

मुसलधारे वर्षासँगै आएको बाढीपहिरोका कारण देशभर जनधनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीको तथ्याङ्कअनुसार अहिलेसम्म देशभर कम्तीमा ५० जनाको ज्यान गएको

नारायणगढबाट काठमाण्डौको सडकमा भोलिसम्म गाडी चलाउन रोक

जिल्ला प्रशासन कार्यालय चितवनले नारायणगढ–मुग्लिन–नागढुङ्गा सडकमा गाडी चलाउन पूर्ण रुपमा रोक लगाएको छ । कार्यालयले सूचना निकालेर लगातारको वर्षा

आज दिनभर वर्षा, बेलुकादेखि कम हुने

अहिले देशको कोशी, मधेश बाग्मती र गण्डकी प्रदेशका सबैजसो ठाउँ र लुम्बिनी प्रदेशका केही ठाउँमा पानी परिरहेको छ । मनसुनी वायुसहित भारतको मध्य प्रदेश र