क्युआर कोड स्क्यान गरेर गृहमन्त्रीलाई गुनासो गर्न सकिने

२०८१ जेठ ३२ शुक्रबार

सेवाग्राहीले आफू बसेकै ठाउँबाट आफ्नो गुनासो अब  गृहमन्त्रीकहाँ गर्न पाउने भएका छन् । गृह मन्त्रालय मातहतका कार्यालयमा राखिने ‘क्युआर कोड’ स्क्यान गरेर सेवाग्राहीले आफ्नो गुनासो राख्न पाउने प्रणाली विकास गरिएको उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले जानकारी दिए । 

 

मन्त्रालय समालेको १ सय दिनको अवसरमा आयोजित पत्रकार सम्मेलनमा उनले सो जानकारी दिएका हुन् । मातहतका निकायहरूमा ‘गृहमन्त्रीलाई भन्नुहोस्’ भन्ने सूचना सहितको क्युआर राखिने बताए । 

 

उनले भने– ‘देशभरि क्युआर कोड स्क्यान गरेर गृहमन्त्रीलाई भन्नुहोस् भन्ने सूचना सहितको क्युआर मार्फत सोझै मन्त्रीलाई आफ्ना कुरा भन्न पाइन्छ ।’

प्रतिकृया दिनुहोस

अनेरास्ववियु (क्रान्तिकारी)को राष्ट्रिय सम्मेलन आजदेखि

नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को २३औँ राष्ट्रिय सम्मेलन आजदेखि काठमाडौँको कीर्तिपुरमा सुरु हुँदैछ

उपनिर्वाचनका लागि दल दर्ता आजदेखि

निर्वाचन आयोगले स्थानीय तह सदस्य उपनिर्वाचनका लागि आजदेखि दल दर्ता गर्ने भएको छ ।   आयोगले आयोगमा दर्ता कायम रहेका राजनीतिक दलहरूलाई नेपालको

एकीकृत समाजवादीले नेताहरूको जिम्मेवारी हेरफेर गर्दै

नेकपा एकीकृत समाजवादीले पार्टी सङ्गठनको संरचना र नेताहरुको जिम्मेवारी हेरफेर गर्ने भएको छ ।   पार्टीका विभाग आयोगलगायत संरचनालाई पूर्णता दिने,