बेलाैरी ९ मा लागूऔषध राेकथाम तथा नियन्त्रण सम्बन्धि अन्तरक्रिया सम्पन्न

२०८१ जेठ २३ बुधबार

चन्द्रिका चाैधरी / बेलाैरी कञ्चनपुर -

 

बुधबार बेलाैरी नगरपालिका ९ मा लागूऔषध राेकथाम तथा नियन्त्रण सम्बन्धि खुल्ला अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ ।

 

स्थानीय युवा सञ्जाल र क्लबकाे अगुवाइमा उक्त अन्तरक्रियात्मक रेडियो कार्यक्रम नागरिक सुनुवाइ सम्पन्न भएको हाे ।

 

Open photo

 

गाउँ टाेल छिमेकमा विद्यालय उमेर समूहका बालबालिका तथा किशोर किशोरीहरु दिनानुदिन कुलतमा फसीरहेकाे तथ्यांक सार्वजनिक हुदाँ यसकाे राेकथाम तथा नियन्त्रणका लागि सराेकारवालाहरुकाे भूमिका विषयक खुल्ला अन्तरक्रियात्क कार्यक्रम सञ्चालक गरिएको आयाेजकले जनाएको छ ।

 

Open photo

 

बेलाैरी नगरपालिकाकाे सहकार्य, रेडियो सुदूर सञ्चारकाे आयाेजनामा र वडा नम्बर ९ का स्थानीय युवा सञ्जालको सहभागीतामा उक्त कार्यक्रम गरिएकाे हाे । बेलाैरी नगरपालिका ९ युवा क्लबका अध्यक्ष पार्वती भट्टकाे सभापतित्वमा सञ्चालित कार्यक्रममा वडाध्यक्ष किशन रानाको प्रमुख आतिथ्यता रहेको थियो ।

 

Open photo

 

कार्यक्रममा स्थानीय युवा क्लबले समाजमा लागूऔषध दुर्व्यशनीकाे भयावह स्थिति सृजना भएकाबेला याे कार्यक्रम गरिनु निकै सान्दर्भिक रहेको बताए । उनीहरूले आगामी दिनमा पनि समुदायमा यस्ता कार्यक्रम ल्याउन आग्रह गरेका छन् ।

 

स्थानीय एवम् बेलाैरी नगर युवा सञ्जालका सदस्य सन्दीप भट्टले लागूऔषध नियन्त्रण बारे प्रकाश पार्दै युवा लक्षित कार्यक्रमका लागि स्थानीय सरकारकाे ध्यानाकर्षण गराएका थिए । उनले "अब युवा सञ्जाल पनि सामाजिक कार्यमा सरिक रहने जनाए ।, भट्टले भने - सञ्जाल गठन गरेको तीन महिना भयाे ।, याे छाेटाे अवधिमा हामीले धेरै गर्न त सकेका छैनौं तर गर्न खाेजिरहेका छाैं । यतिबेला हामीलाई सबैको साथ सहयोग र हाैसाला चाहिएको छ ।,

 

Open photo

 

वडा स्तरमा लागूऔषध सेवन कर्ताकाे वर्तमान अवस्था, सामाजिक असर र त्यसले निम्त्याउने खतरा राेकथाम तथा नियन्त्रण सम्बन्धि सवाल जवाफ समेत भएको थियो । कार्यक्रममा आयाेजक रेडियो सुदूर सञ्चारका प्रबन्ध निर्देशक शीतल भट्टले लागूऔषधकाे परिचय, असर र कानून व्यवस्था बारे व्याख्या गरेका थिए । उनले भने -

 

Open photo

 

के हाे? लागूपदार्थ जानीराखाैं -

 

मानिसमा लत सिर्जना गरी दुर्व्यसनी तुल्याउने वस्तु वा पदार्थ लागू पदार्थ वा औषध हो । सामान्यतया शारीरिक र मानसिक स्वास्थ्य, चेतना र अनुभूतिलाई विकृत तुल्याउने पदार्थलाई लागू पदार्थ भनिन्छ । यस्ता पदार्थले मानिसको केन्द्रिय स्नायू प्रणालीमा प्रभाव पार्नुका साथै उसको भावना र सोचाईमा परिवर्तन ल्याउँदछ । कानूनद्वारा निषेधित गाँजा अफिम हिरोइन मर्फिन कोकिन आदि अवैध लागू औषध हो भने सूर्तिजन्य पदार्थ र मदिरा कानूनद्वारा नियन्त्रित लागू पदार्थ हो ।  विश्व स्वास्थ्य संगठनले लागू पदार्थलाई स्वस्थ शरिरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनि परिभाषित गरेको छ।

 

भने, लागू औषध नियन्त्रण ऐन २०३३ को दफा ३ मा लागू औषधलाई यसरी लिइएको छ -

 

गाँजा औषधोपयोगी गाँजा अफिम तैयारीको अफिम औषधोपयोगि अफिम कोकाको झार र पात र अफिम तथा कोककाको सारतत्व मिश्रण वा लवण समेत मिलाई तयार गरिने कुनै पदार्थ।

 

नेपाल सरकारले समय समयमा नेपाल राजपत्रमा सूचना प्रकाशित गरी तोकिदिएका प्राकर्तिक वा कृत्रिम लागु औषध तथा मनोदिपक पदार्थ (साइकोट्रपिक्स सब्स्टान्स) र तिनको लवणहरू तथा अन्य पदार्थ समेत सम्झनु पर्दछ भनि परिभाषित गरिएको छ।

 

मुख्य गरेर लागूपदार्थहरूलाई दुई भागमा बिभाजन गरिएको छ -

 

प्राकृतिक लागू पदार्थ -

प्राकृतिक रुपमा उम्रने वा मानिसद्धारा उत्पादित पदार्थहरू जस्तै– गाजा, चरेस, भाङ्ग, धतुरो, अफिम, रक्सी, आदिलाई प्राकृतिक लागू पदार्थ भनिन्छ ।

 

औषधि जन्य लागू पदार्थ –

मानव जीवन रक्षाको लागि निर्मित औषधिजन्य पदार्थहरू जसलाई चिकित्सकको सल्लाह विपरित नशा लिनको लागि प्रयोग गर्दछन् त्यसलाई औषधिजन्य लागू पदार्थ भनिन्छ । जस्तै - नाइट्रोसन, नाइट्रोभ्याट, प्रोक्सीभोन,, नोर्फिन, कोडिन, कोरेक्स, फेन्सीडिल, फेनकोडिन नो–कफ आदि ।

 

लागू पदार्थको सेवनबाट हुने असरहरु :-

 

शारीरिक असर -

 

एच.आई.भि.एड्स, हेपाटाईटिस तथा यौनजन्य रोगहरू संक्रमण हुने, तौल घट्ने, शरीर दुब्लाउने, खानामा रूचि नहुने, ओभरडोज भएर मृत्यु समेत हुने  ।

 

मानसिक असर -

 

एकोहोरोपन, फ्रस्टेसन, डिप्रेशन, सोच्न सक्ने शक्ति हराउने, स्मरण शक्ति कम हुने, नकारात्मक भावनाको श्रृजना, आत्महत्या गर्न प्रेरित हुने ।

 

पारिवारिक तथा सामाजिक असर -

 

पारिवारिक असमझदारी बढ्ने, घरको सामानहरू चोरी हुने, दैनिक झगडा गर्ने, सम्पत्ति घट्दै जाने, पारिवारिक दुरि बढने, अनैतिक कार्यमा संलग्न हुने ईत्यादि ।

 

यस्तै, लागू ‍औषध नियन्त्रणका लागि रहेका कानूनी व्यवस्था -

 

लागूऔषध (नियन्त्रण) ऐन, २०३३ लागू औषध नियन्त्रण राष्ट्रिय नीति, २०६३ लागू औषध नियन्त्रण रणनीति, २०६६ लागू औषध नियन्त्रण कार्ययोजना, २०७५ लागू ‍औषध प्रयोगकर्ताहरूको लागि उपचार तथा पुन:स्थापना केन्द्र सञ्चालन निर्देशिका, २०७५ लागू औषधको नियन्त्रण र रोकथामसम्बन्धी कार्यक्रम सञ्चालन सम्बन्धमा स्थानिय तहलाई मार्गदर्शन, २०७६ लागू औषधको मौखिक प्रतिस्थापन उपचार पद्धति कार्यसञ्चालन निर्देशिका, २०७० र साझेदारीमा लागू औषध प्रयोगकर्ताहरूको उपचार तथा पुनस्थापना केन्द्र सञ्चालन सम्बन्धी कार्यविधि, २०७५ ।

 

वि.सं. २०३३ सालभन्दा अगाडी नेपालमा गाँजाजन्य पदार्थहरू खुलेयाम विक्री वितरण हुने गरेको जनाइएको छ । जब लागू औषध नियन्त्रण ऐन, २०३३ कार्यान्वयनमा आयो त्यसपछि लागूऔषधलाई कानूनतः प्रतिवन्ध लगाइयो। तथापी संयुक्त राष्ट्रसंघको आर्थिक तथा सामाजिक परिषद्ले सन् १९६१ मा SINGLE CONVENTION ON NARCOTIC DRUGS, १९६१  लागू गरेपछी विश्वस्तरबाट नै यसको नियन्त्रण सुरुवात भएको हो प्रबन्ध निर्देशक भट्टले भने ।,

 

यस्तै उता, कार्यक्रममा सहभागी प्रहरी चाैकी पचुँइका प्रमुख तथा प्रतिनिधिले गाउँ समाजमा कुनै त्यस्तो गैरकानुनी गतिविधिमा संलग्नहरु भएको थाहा पाए नजिककाे प्रहरीलाई गाेप्य सूचना दिन अनुरोध गरेका छन् ।

 

Open photo

 

उनीहरूले लागूऔषध राेकथाम तथा नियन्त्रणका लागि खुला सीमावर्ती क्षेत्रमा २४सैं घण्टा खटिरहेकाे जनाए ।,

 

Open photo

 

यस्तै वडाध्यक्ष किसन रानाले बेलाैरी नगरपालिकाद्वारा पनि विगतमा लागूऔषध महाअभियान २०८० सञ्चालन गरेकाे जनाउँदै यसलाई थप प्रभावकारी बनाउन वडा स्तरमा जनचेतना फैलाउनुकाे विकल्प नभएको बताए । यसका लागि आगामी दिनमा स्थानीय युवा क्लब संगकाे समन्वयमा हामी अगाडि बढ्छाैं उनलेे भने ।,

 

Open photo

 

कार्यक्रममा स्थानीय जनप्रतिनिधि नागरिक समाज सुरक्षाकर्मी सञ्चारकर्मी एवम् स्थानीय युवा क्लबका पदाधिकारीहरुकाे सहभागीता रहेको थियो ।

 

Open photo

प्रतिकृया दिनुहोस

भुजेला खोला नियन्त्रणका लागि गृहमन्त्री लेखकलाई ज्ञापन

कञ्चनपुर -   भुजेला खोला नियन्त्रणका लागि गृहमन्त्री रमेश लेखकलाई ज्ञापन पत्र बुझाइएको छ । भीमदत्त नगरपालिका ११का वडाध्यक्ष प्रकाश थापाले चुरे

हैजा रोकथामका लागि द्रुत प्रतिकार्य टोली परिचालन

कैलालीको धनगढी उपमहानगरपालिका–१ का दुई महिलामा हैजाको सङ्क्रमण पुष्टि भएपछि रोगको रोकथामका लागि प्रभावित क्षेत्रमा द्रुत प्रतिकार्य टोली

डोटीमा कृषि बीमा गर्नेको सङ्ख्या बढेन

डोटी –    जलवायु परिवर्तनका कारण मौसममा आउने उतारचढावले गर्दा किसानले बर्सेनि क्षति बेहोर्नु परेको छ । कहिले सुक्खा तथा कहिले अत्यधिक वर्षा,