बजेटमाथिको सामान्य छलफल बुधबार सकिने

२०८१ जेठ २१ सोमबार

प्रतिनिधि सभामा आगामी आर्थिक वर्षको बजेटमाथिको सामान्य छलफल बुधबार सकिने भएको छ ।

 

सामान्य छलफलमा उठेका विषय र प्रश्नहरूको जवाफ बुधबार नै अर्थमन्त्री वर्षमान पुनले दिनेछन् ।

 

सभामुख देवराज घिमिरेले मंगलबार बिहान ११ बजेका लागि प्रतिनिधि सभाको बैठक राखेका छन् । उक्त बैठकमा बजेटमाथिको सामान्य छलफल जारी रहने छ ।

 

प्रतिनिधि सभाको क्यालेन्डरअनुसार बुधबार बिहान ११ बजे प्रतिनिधि सभाको बैठक बस्नेछ । उक्त बैठकमा एक घण्टा बजेटमाथि सामान्य छलफल चलाउने र त्यसपछि अर्थमन्त्री पुनले जवाफ दिनेछन् ।

प्रतिकृया दिनुहोस

अनेरास्ववियु (क्रान्तिकारी)को राष्ट्रिय सम्मेलन आजदेखि

नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को २३औँ राष्ट्रिय सम्मेलन आजदेखि काठमाडौँको कीर्तिपुरमा सुरु हुँदैछ

उपनिर्वाचनका लागि दल दर्ता आजदेखि

निर्वाचन आयोगले स्थानीय तह सदस्य उपनिर्वाचनका लागि आजदेखि दल दर्ता गर्ने भएको छ ।   आयोगले आयोगमा दर्ता कायम रहेका राजनीतिक दलहरूलाई नेपालको

एकीकृत समाजवादीले नेताहरूको जिम्मेवारी हेरफेर गर्दै

नेकपा एकीकृत समाजवादीले पार्टी सङ्गठनको संरचना र नेताहरुको जिम्मेवारी हेरफेर गर्ने भएको छ ।   पार्टीका विभाग आयोगलगायत संरचनालाई पूर्णता दिने,