पोलियोविरुद्ध ‘आइपिभी’ खोप अभियान देशभर सुरु

२०८१ जेठ १३ आइतबार

पोलियोविरुद्ध ‘आइपिभी’ खोप अभियान देशभर प्रारम्भ भएको छ । अभियानअन्तर्गत  १४ लाख ६२ हजार सात सय १२ बालबालिकालाई खोप लगाइने छ । 

 

 

“सतहत्तर वटै जिल्लामा खोप अभियान प्रारम्भ भएको छ, नियमित खोप कार्यक्रम सञ्चालन भएका खोप केन्द्रमा पनि ‘आइपिभी’ को व्यवस्था गरेका  छौँ”, अभियान सुरु भएको जानकारी दिँदै केन्द्रीय खोप अभियानका प्रमुख अभियान गौतमले भने।

 

यही जेठ  २६ गतेसम्म सञ्चालन हुने खोप अभियानमा २०७३ देखि २०७५ सम्म नियमित पोलियो खोप लगाउन छुटेका बालबालिकालाई समेटिने उनले  बताए । विसं २०७१ देखि नेपालमा खोप लगाउन सुरु गरिए पनि २०७३ देखि २०७५ सालसम्म विश्वभर आइपिभी खोपको अभाव हुँदा देशभरका बालबालिका खोपबाट वञ्चित भएकाले अभियान सञ्चालन गरिएको उनले जानकारी दिए।

 

नियमित खोप सञ्चालनका क्रममा बालबालिकालाई जन्मिएको दिनदेखि १५ महिनाभित्र सातपटक १३ वटा रोगबाट बच्ने खोप लगाउनुपर्ने व्यवस्था गरिएको तथा त्यस अवधिमा छुटेका बालबालिकालाई १६ देखि २३ महिनाभित्र खोप लगाउने व्यवस्था गरिएको उनले बताए ।

 

यसैबीच, ताप्लेजुङ सदरमुकाम फुङ्लिङ बजारमा सात हजार बालबालिकालाई लक्ष्य गरेर सञ्चालित खोप अभियान सुरु भएको छ । 

 

जिल्ला खोप समन्वय समितिले जिल्लाका नौमध्ये चार स्थानीय तहमा आजदेखि जेठ १८ गतेसम्म, जेठ २० देखि २५ गतेसम्म पाँच स्थानीय तहमा अभियान सञ्चालन हुने जनाएको छ ।

 

अभियानका लागि जिल्ला भरमा तीन सय ९८ वटा केन्द्र निर्धारण गरिएको छ । अभियानमा  एक सय २१ जना  स्वास्थ्यकर्मी र सात सय ९६ जना स्वयंसेवक परिचालन  भएका छन् ।रासस

प्रतिकृया दिनुहोस

सुदूरपश्चिमसहितका यी प्रदेशमा भारी वर्षाको सम्भावना

अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ

विमान दुर्घटनामा मृ*त्यु भएका ५ जनाको शव परिवारलाई बुझाइयो

सौर्य एयरलाइन्सको बिमान दुर्घटनामा मृत्यु भएका पाँच जनाको शव परिवारजनले बुझेका छन् ।   शुक्रबार शव परीक्षण सकिएकाले उनिहरुको शव परिवारजनलाई

भारतमा बन्धक बनाइएका २८ मजदुरको उद्धार

भारतमा बन्धक बनाइएका २८ मजदुरको उद्धार गरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले दिए महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव दिनेश