खैराे हेराेइनसहित दुई भारतीय युवक पक्राउ

२०८० चैत १४ बुधबार

कञ्चनपुर-

 

कञ्चनपुरमा लागुऔषध खैराे हेराेइनसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् ।

 

बुधबार बिहान पुनर्बास  नगरपालिका-११ डोके बजारबाट भारतकाे बहराइच नानपारा उत्तर प्रदेशका १९ वर्षीय सञ्जय बालमिक र शाहजपुर जिल्ला उत्तर प्रदेशका १९ वर्षीय अर्जुन बालमिकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

 

 

उनीहरू दुवै जनालाई शंका लागेपछि सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीकाे अनुसन्धान समूह (पीआईटी) र प्रहरी चौकी परासनबाट खटिएको संयुक्त टाेलीले चेकजाँच गरेको थियो ।

 

त्यस क्रममा उनीहरूकाे साथबाट एक ग्राम ७१० मिलिग्राम खैराे हेराेइन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएकाे छ ।


दुवै जनालाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

कञ्चनपुरको एक निजी विद्यालयमा तालाबन्दी !

कञ्चनपुर -   अखिल क्रान्तिकारीले कञ्चनपुरको एक निजी विद्यालयमा तालाबन्दी गरेको छ । सत्ताधारी क्रान्तिकारीले महेन्द्रनगरको ईन्टरनेशल स्कुलमा

लागू औषध सहित तीन युवक पक्राउ

कञ्चनपुर-   कञ्चनपुरको भीमदत्त नगरपालिका क्षेत्रबाट लागू औषध सहित तीन युवक पक्राउ परेका छन ।   शनिबार एकै दिन लागू औषध नियन्त्रण ब्यूरो

सुदूरपश्चिम :आयातित औलोका बिरामी बढी

कञ्चनपुर-   सुदूरपश्चिम प्रदेशमा स्थानीयको तुलनामा आयातित औलोका बिरामीको सङ्ख्या निकै बढी रहेको छ ।    प्रदेश स्वास्थ्य निर्देशनालयका