सपनामा मृ*त्यु भइसकेका मानिस आउनु कस्तो संकेत?

२०८० चैत २ शुक्रबार

सपना मानिसको जिवनको एक भाग हो । प्राय हामी सुतेको समयमा सपना देख्छौँ । स्वप्नशास्त्रका अनुसार सबै सपनाका आ–आफ्नै महत्व र अर्थ हुन्छन् । सपनाले भविष्यमा हुने कुनै घटनाका बारेमा संकेत दिइरहेका हुन्छन् । अनेक प्रकारका सपना देख्छौँ । ती मध्ये कहिले जिउँदो मानिस मरेको सपना देख्छौँ भने कहिले मृत्यु भइसकेका मानिस सपनामा आएको देख्छौँ ।

स्वप्नशास्त्र अनुसार मृत्यु भइसकेका मानिस सपनामा आउनुका केही संकेतहरु:


१.कहिलेकाँही घरका कुनै सदस्यको बिरामी भएर मृत्यु भएको र सोही मृत व्यक्ति सपनामा स्वस्थ रहेको देख्छौँ । यदि यस्तो सपना देखियो भने मृत व्यक्ति कुनै राम्रो घरमा जन्मलिइसकेको बुझ्नु पर्छ । यस्तो सपनाले मृत व्यक्ति राम्रो घरमा जन्म लिएर खुसी भएका कारण अब घरका सदस्यले उसको मृत्युका कारण दुखि नहुनु भन्ने संकेत गर्छ ।
 

२.यदि सपनामा मृत्यु भएको व्यक्ति आक्रोसित अर्थात रिसाएको अवस्थामा देखियो भने उसले हामीबाट केही चाहिरहेको छ भन्ने बुझ्नुपर्छ । मृत्यु हुनु अघिका केही पूरा हुन बाँकी इच्छा भए मृत व्यक्तिले हामीबाट त्यो इच्छा पूरा गराउने कोसिस गर्छ । त्यसैले सपनामा मृत व्यक्ति रिसाएको देखिएमा हामीले सम्झिएर भए पनि उसका बाँकी इच्छा पूरा गर्दिनु पर्छ भन्ने बुझ्नुपर्छ ।

 

३.यदि मृत्यु भइसकेको व्यक्ति सपनामा आएर अत्यन्तै खुसी अवस्थामा वा अत्यन्तै दुखी र रोहिरहेको अवस्थामा देखिएमा सपना देख्ने मानिसको लागि शुभ संकेत हुन्छ ।

 

४.सपनामा केही टाढाको सम्बन्ध भएको मृत व्यक्ति देखिएमा उसले तपाइँबाट केही चाहिरहेको छ भन्ने बुझ्नुपर्छ ।

 

५.यदि मृत व्यक्ति बारम्बार सपनामा आउँछ र केही संकेत गर्छ भने उ केही कुरामा असन्तुष्ट छ भन्ने बुझिन्छ । यस्तो अवस्थामा मृत व्यक्तिको परिवारले उसको आत्माको शान्तिको लागि कुनै उपाय अपनाउनुपर्छ । मृत व्यक्तिको नाममा मिठाइ चढाएर तर्पण दिएमा पनि उसको आत्माले शान्ति पाउन सक्छ ।

 

६.यदि सपनामा मृत व्यक्ति मौन अवस्थामा देखियो भने उसले तपाइँलाई कुनै गलत काम हुनबाट रोक्दै छ भन्ने बुझिन्छ ।

 

७.मृत व्यक्ति सपनामा आएर आशिर्वाद दिएमा सपना देख्ने मान्छे कुनै काममा सफल हुँदैछ भन्ने संकेत हुन्छ ।

 

८.यदि सपनामा मृत व्यक्ति कपडा नलाएको अवस्थामा, जुत्ता चप्पल नलगाएको अवस्थामा अर्थात भोकै भएको अवस्थामा देखियो भने उसलाई यी कुराहरुको अभाव भएको बुझ्नुपर्छ । यस्तो सपना देखिएमा नजिकैको मन्दिरमा गएर यी वस्तुहरु मृत व्यक्तिको नाममा दान गर्नु राम्रो हुन्छ ।

 

९.यदि मृत व्यक्ति सपनामा कतै टाढा आकाशमा देखियो भने उसले मुक्ति पाएको संकेत हुन्छ ।


 

प्रतिकृया दिनुहोस

पासवर्ड राखेर यसरी सुरक्षित राख्नुहोस् पीडीएफ फाइल

एक समय थियो, जब चोर तपाईंको पैसा र गहना चोरी गर्थ्यो, तर अब डिजिटल चोरको बिगबिगी छ । जसले तपाईंका महँगा सामानको साटो तपाईंको डेटा चोरी गर्न सक्छ र बैंकिङ

साउन महिनामा किन खानु हुदैन मासु ? यस्ता छन् कारण !

साउनलाई हरियालीको महिनाका रुपमा लिइन्छ । यसलाई शाकाहारी महिना भनेर पनि चिनिन्छ। साउनमा विशेषगरी हिन्दु धर्मावलम्बी नारीहरूले हातमा मेहन्दी हरियो,

नेपालको हिमाल राखेर कोहलीले भारतको प्रचार गरेपछि...

नेपालको हिमालको भिडियो राखेर भारतीय क्रिकेट टिमका पूर्व कप्तान विराट कोहलीले भारतको प्रचार गरेपछि नेपालीले आक्रोश व्यक्त गरेका छन्।   सगरमाथा