इन्स्टाग्राम बन्यो सर्वाधिक डाउनलोड हुने एप

२०८० फागुन ३० बुधबार

मेटा स्वामित्वको सोसल मिडिया एप इन्स्टाग्राम गत वर्ष सन् २०२३ मा विश्वमा सर्वाधिक डाउनलोड हुने एप बन्न सफल भएको छ ।

 

चिनियाँ प्रतिस्पर्धी टिकटकलाई पछि पार्दै इन्स्टाग्रामले आफ्नो बढ्दो लोकप्रियतालाई पुष्टि गरेको छ ।

 

मार्केट इन्टेलिजेन्स कम्पनी सेन्सर टावरको रिपोर्ट अनुसार गत वर्ष इन्स्टाग्रामको डाउनलोडमा २० प्रतिशतले वृद्धि भयो र कुल ७६ करोड ८० लाख पटक डाउनलोड भयो ।

 

सर्वाधिक डाउनलोड हुने एपको दोस्रो स्थानमा रहेको टिकटक ७३ करोड ३० लाख पटक डाउनलोड भएको छ ।

 

चिनियाँ कम्पनी बाइटडान्स स्वामित्वको टिकटकको डाउनलोड दरमा गत वर्ष ४ प्रतिशतले वृद्धि भएको छ।

 

इन्स्टाग्रामले पछिल्लो समयमा अन्य विभिन्न लोकप्रिय सोसल मिडिया प्लाटर्फमका फिचरहरु नक्कल गर्दै आएको छ र त्यसले प्रयोगकर्ताको आकर्षण बढाउनमा सहयोग गरिरहेको छ । यसमध्ये इन्स्टाग्रामले थप गरेको एउटा फिचर रील्स हो । टिकटकको भाइरल भिडियो फिचरको सिको गर्दै इन्स्टाग्रामले सन् २०२० मा रील्स लञ्च गरेको थियो सेन्सर टावरका वरिष्ठ व्यवस्थापक अब्राहक युसुफ भन्छन्- पछिल्ला वर्षहरुमा प्रयोगकर्ताको अबलम्बन दरमा इन्स्टाग्रामले टिकटकलाई पछि पारेको छ । यसको एउटा मुख्य कारण चाहिं यसको रील्स फिचरको लोकप्रियतासँगै आम सोसल मिडियाको रुपमा थप फिचर तथा सुविधाहरु उपलब्ध हुुनु हो ।

 

विश्लेषकहरुका अनुसार सेलिब्रेटी तथा प्रभावशाली व्यक्तिहरु इन्स्टाग्रामतर्फ आकर्षित भैरहेका छन् किनकि आफ्नो व्यापक फलोअर्सका कारण उनीहरुले त्यहाँबाट सजिलैसँग पैसा आर्जन गर्न सक्दछन् । जबकि टिकटक भनेको केवल रातारात भाइरल बन्ने सफलता प्राप्त गर्नका लागि कन्टेन्ट क्रियटर्सहरुका लागि मात्रै उत्तम गन्तव्य बनिरहेको छ।

 

त्यस्तै इन्स्टाग्रामको लोकप्रियताको अर्को कारण भनेको टिकटकले आफ्ना भिडियोहरु डाउनलोड गरेर अन्य प्लाटर्फममा पोस्ट गर्नसक्ने सुविधा दिनु पनि हो ।

 

प्रयोगकर्ताहरुले टिकटकमा बनाएका भिडियोहरु डाउनलोड गरेर इन्स्टाग्राममा पोस्ट गर्ने गरेका छन् ।

 

तथ्यांक अनुसार इन्स्टाग्राममा मासिक सक्रिय प्रयोगकर्ताको संख्या एक अर्ब ४७ करोड पुगेको छ भने टिकटकका सक्रिय प्रयोगकर्ता एक अर्ब १२ करोड छन् ।

 

सन् २०२३ को पछिल्लो तीन महिनामा टिकटकका प्रयोगकर्ताको संख्या एक करोड २० लाखले घटेको छ ।

प्रतिकृया दिनुहोस

अनलाइनबाट बिजुलीको बिल बिहान ८ देखि राति १२ बजेसम्म तिर्न सकिने

नेपाल विद्युत् प्राधिकरणले अनलाइनमार्फत बिजुलीको बिल तिर्ने समय अवधि बढाएको छ ।   यसअघि बिहान १० बजेदेखि राति १० बजेसम्म मात्रै अनलाइनमार्फत बिल

पठाएको जिमेल गइरहेको त छैन ? अब यसो गर्नुहोस्

औपचारिक कुराकानीका लागि जिमेल एउटा राम्रो विकल्प हो । यदि धेरै एजेन्सीहरूसँग कुराकानी गर्ने काम छ भने जिमेल तपाईंले प्रयोग गर्नैपर्ने हुन्छ । तर,

मोबाइल ह्याक हुनबाट बच्न थाहा पाउनैपर्ने १० उपाय

प्रविधिको विकासले मानिसको जीवन त सहज भएको छ नै, सँगसँगै जोखिम पनि बढ्दै गएको छ । प्रविधिले मानिसको गोपनीयता भंग गर्ने काम पनि गरिरहेको छ । गोपनीयता