डोनाल्ड ट्रम्पमाथि लगाइएको प्रतिबन्ध खारेज

२०८० फागुन २२ मंगलबार

अमेरिकी सर्वोच्च अदालतले सोमबार राष्ट्रपति चुनावका उम्मेदवार डोनाल्ड ट्रम्पमाथि लगाइएको प्रतिबन्ध खारेज गरेको छ । यस निर्णयको प्रतिक्रिया दिँदै ट्रम्पले यसलाई अमेरिकाको ठुलो जीत भनेका छन् ।

 

डिसेम्बरमा अमेरिकी राज्य कोलोराडोको अदालतले पूर्व राष्ट्रपति ट्रम्पलाई चुनाव लड्न प्रतिबन्ध लगाएको थियो । त्यसो गर्दा, अमेरिकी संविधानको १४ औँ संशोधनलाई सन्दर्भ गरिएको थियो, जस अन्तर्गत सशस्त्र विद्रोहवादीहरूलाई राष्ट्रपति चुनाव लड्न प्रतिबन्ध लगाइएको छ ।

 

तर फेब्रुअरी ८ मा भएको सुनुवाइमा सर्वोच्च अदालतका न्यायाधीशहरूले यो कदमलाई शङ्काको दृष्टिले हेरे । यससँगै उनीहरूले राज्य आफ्नो क्षेत्राधिकारभन्दा बाहिर गएको आरोप लगाए । अदालतले १४ औँ संशोधनको धारा ३ लागू गर्ने अधिकार कुनै राज्यको हातमा नभएर कंग्रेसको हातमा रहेको बताएको छ । यसपछि सर्वोच्च अदालतले ट्रम्पले चुनाव लड्न सक्ने बताएको छ ।

 

यसको अर्थ डोनाल्ड ट्रम्पले मंगलबार हुन लागेको अमेरिकी चुनावको प्राथमिक चरणमा भाग लिन सक्नेछन् । ७७ वर्षीय डोनाल्ड ट्रम्पले यस चुनावमा आफ्नो एक मात्र प्रतिद्वन्द्वी निक्की हेलीलाई हराएर रिपब्लिकन पार्टीको मनोनयन जित्ने विश्वास गरिएको छ । प्राइमरी अमेरिकी राष्ट्रपति चुनाव प्रक्रियाको चरण हो जसमा दलहरूले मतदान मार्फत आफ्ना उम्मेदवारहरू निर्णय गर्छन् ।

प्रतिकृया दिनुहोस

बंगलादेशमा निषेधाज्ञा आदेशलाई थप खुकुलो पारियो

बंगलादेशमा बिहीबार राष्ट्रव्यापी  निशेधाज्ञा (कर्फ्यु) आदेशलाई थप खुकुलो पारिएको छ । गत हप्ता घातक अशान्ति निम्त्याएको विरोध कार्यक्रममा

भारतले नेपाललाई ११ अर्ब २० करोड अनुदान दिने

दक्षिणी छिमेकी भारतले नेपाललाई आर्थिक वर्ष २०२४-२५ मा ७ अर्ब भारु अनुदान दिने भएको छ । यो रकम भारतसँगको स्थिर विनिमयदर अनुसार ११ अर्ब २० करोड रुपैयाँ

मृत आमाको कोखबाट नवजात शिशुको उद्धार

इजरायली आक्रमणमा ज्यान गुमाएकी एक आमाको कोखबाट एक नबजात शिशुलाई जीवितै उद्धार गरिएको गाजास्थित एक अस्पतालले शनिबार जनाएको छ ।   हमास प्रशासित