एकैदिन २२ सयले बढ्यो सुनको भाउ, तोलाको कति ?

२०८१ कार्तिक १४ बुधबार

सुनको भाउले आज नयाँ कीर्तिमान बनाएको छ । हिजो धनतेरसको दिन तोलामा एक हजार पाँच सय रुपैयाँले बढेको सुन आज एकैदिन दुई हजार दुई सय रुपैयाँले बढेर तोलाको एक लाख ७० हजार नाघेको छ ।

 

आज सुन तोलाको एक लाख ७० हजार सात सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यो भाउ अहिलेसम्मकै उच्च हो । हिजो सुनको भाउ तोलाको एक लाख ६८ हजार पाँच सय रुपैयाँ पुगेको थियो ।

 

यस्तै आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदी तोलामा १५ रुपैयाँले बढेर दुई हजार एक सय बीस रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।   

प्रतिकृया दिनुहोस

सुनको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार?

नेपाली बजारमा आज (सोमबार) सुन–चाँदीको मूल्य घटेको छ।   आइतबार प्रतितोला एक हजार चार सय रूपैयाँ बढेर नयाँ रेकर्ड बनाएको सुनको भाउ यसदिन प्रतितोला

१४ सयले बढ्यो सुनको भाउ, तोलाको कति?

सुनको भाउले नयाँ कीर्तिमान बनाएको छ । आज एकैदिन सुनको भाउ तोलामा १४ सय रुपैयाँले बढेर कीर्तिमान कायम भएको हो । सुन भाउ बढेर तोलाको एक लाख ६७ हजार ४ सय

सुनको भाउ अहिलेसम्मकै उच्च

सुनको मूल्य बढ्ने क्रम आज पनि जारी छ । सुनको मूल्यले आज पनि नयाँ कीर्तिमान बनाएको हो ।    नेपाल सुनचाँदी