आज काग तिहार मनाइँदै

२०८१ कार्तिक १४ बुधबार

कात्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार आज बिहान यमराजको दूतका रुपमा कागलाई मीठा–मीठा खानेकुरा दिएर मनाइँदैछ ।

 

बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले आज यो पर्व मनाउन लागिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष श्रीकृष्ण अधिकारीले जानकारी दिनुभयो ।

 

कागलाई सन्देशवाहकका रुपमा लिइन्छ । यस अवसरमा काठमाण्डौको कागेश्वरी मनोहरा नगरपालिका–१ कागेश्वरी महादेव मन्दिरमा विशेष पूजा हुने गर्छ । त्यसैगरी हनुमानढोकाको कागेश्वरी मन्दिरमा पनि कागको पूजा गरिन्छ ।

 

यस्तै यम दीपदान गर्नेक्रम पनि आज बेलुकादेखि नै सुरु गरिँदैछ । यस वर्ष तिथिको घटबढका कारण यमपञ्चक हिजो बेलुकादेखि शुरु भएको हो । 

प्रतिकृया दिनुहोस

धन्वन्तरी जयन्ती एवम् आरोग्यता दिवस आज मनाइँदै

हरेक वर्ष कात्तिक कृष्ण त्रयोदशीका दिन मनाइने धन्वन्तरी जयन्ती एवम् आरोग्यता दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ । वन जङ्गलमा पाइने जडीबुटीमा

आज धनतेरस मनाइँदै

हरेक वर्ष कात्तिक कृष्ण त्रयोदशीदेखि शुरू हुने तिहारको यमपञ्चक आजदेखि विधिवत् रुपमा शुरू हुँदैछ । कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल

भाइटीकाकाे शुभ साइत बिहान ११ बजेर ३७ मिनेटमा

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको साइत सार्वजनिक गरेको छ ।   यही कात्तिक १८ गते आइतवार बिहान ११ बजेर ३७ मिनेटमा भाइटीकाको