कञ्चनपुर : बाघको आक्रमणबाट एक महिलाको मृ*त्यु
कञ्चनपुर -
कञ्चनपुरमा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । बिहीबार बिहान दोधारा चाँदनी नगरपालिका–२ कमला शाही टोलमा बाघको आक्रमणबाट सोही ठाउँकी २३ वर्षीया महिला हिरा शाहको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी उमेश जोशीका अनुसार घर नजिकै उखुबारीमा घाँस काट्ने बेला शाहलाई बाघले झम्टिएको थियो ।
घटना स्थल नजिकै बुधबार पनि बाघ देखा परेको स्थानीयले बताएका छन् । अहिले घटनास्थलमा प्रहरी पुगेको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
बझाङमा ९५ जना एचआइभी सङ्क्रमितले औषधि सेवन गर्दै
बझाङ - बझाङमा एक सय ६७ जना एचआइभी सङ्क्रमित फेलापरेका मध्ये ९५ जनाले मात्रै औषधि सेवन गरिरहेका छ। सोमवार जिल्लास्थित सरोकारवालासँग वार्षिक
भीमदत्तनगरद्वारा श्रम बजार पहुँच वृद्धि गर्न सरोकारवालासंग छलफल
कञ्चनपुर - कञ्चनपुरको भीमदत्त नगरपालिकाले श्रम बजारमा श्रमिककोे पहुँच वृद्धि गर्नका लागि सरोकारवालासंग छलफल गरेको छ । मंगलबार भीमदत्त
कञ्चनपुर : तरकारीमा व्यवसायीले उपभोक्ताबाट चर्को मूल्य अशुल्दै
कञ्चनपुर - कञ्चनपुरको महेन्द्रनगर बजारमा तरकारीको मूल्य मनमर्जी रुपमा व्यवसायीहरुले लिईरहेका छन् । तरकारी बजार मण्डीमा एक मूल्य, बजारमा अनेकन
प्रतिकृया दिनुहोस