शेरबहादुर देउवाको श्रीमती भएकैले सबैको तारो बनेँ : परराष्ट्रमन्त्री आरजु
परराष्ट्रमन्त्री आरजु राणा देउवाले राहदानी र कन्सुलर विभागको निरीक्षण गरेकी छन् । बुधबार त्रिपुरेश्वरस्थीत विभागको कार्यालय पुगेर स्थलगत निरीक्षण गर्दै वस्तुस्थितिका बारेमा जानकारी लिएकी हुन् ।
सो क्रममा उनले कहिबेर सेवाग्राहीसँग कुराकानी गरेकी थिइन् भने कर्मचारीले विभागको सेवाका बारेमा जानकारी गराएका थिए । कर्मचारीसँग विभागको सेवा प्रवाहका बारेमा जानकारी लिएपछि मन्त्री राणाले सेवाग्राहीलाई सहज रूपमा सेवा प्रवाह गर्न निर्देशन दिएकी थिइन् ।
त्यस्तै उनले सरकारमा निकै अनुभवी पार्टीहरू रहेकाले स्टन्ड गर्नुपर्ने कुनै आवश्यकता नरहेको बताइन् ।
मन्त्री राणाले जनताको सेवा प्रवाहमा सरकारको ध्यान केन्द्रित रहेको जिकिर गरिन् । विभागको सेवा प्रवाहलाई सहज गर्न देखिएका समस्या समाधानका लागि आफू प्रतिबद्ध रहेको उनको भनाइ छ ।
फरक प्रसंगमा मन्त्री राणाले आफूमाथि टिकापुर जग्गा प्रकरण, भुटानी शरणार्थी प्रकरण लगायतमा लगाइएका आरोपहरू निराधार रहेको बताइन् । कांग्रेस सभापति शेरबहादुर देउवाको श्रीमती भएकै कारण आफूलाई विभिन्न आरोप लगाउने गरेको उनले गुनासो गरिन् ।
उनले देउवाको ‘वाइफ’ भएकाले सबैको तारो बनेको भन्दै राक्षसको कथासमेत सुनाइन् । उनले नियोजित रूपमा स्टन्ड गर्न विभिन्न प्रकरणमा आफ्नो नाम मुछ्ने काम गरेको समेत बताइन् ।
भीमदत्त ६को उप निर्वाचनमा समाजवादीबाट चन्द उम्मेदबार
कञ्चनपुर - कञ्चनपुरको भीमदत्त नगरपालिका ६ वडाध्यक्षका लागि हुने उप निर्वाचनमा नेकपा एकीकृत समाजवादीबाट जितेन्द्र बहादुर चन्दलाई उम्मेदबार बनाउने
उपनिर्वाचन एक्लै लड्छौँः अध्यक्ष नेपाल
आगामी मङ्सिर १६ गते हुने स्थानीय तह–उपनिर्वाचनमा नेकपा (एकीकृत समाजवादी) ले एक्लै प्रतिस्पर्धा गर्ने भएको छ । समाजवादी मोर्चामा आवद्ध एकीकृत
अहिले नै सरकार हटाउने पक्षमा छैनौँ : प्रचण्ड
प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारलाई अहिले नै हटाउने
प्रतिकृया दिनुहोस