कृष्णपुर २ वडाद्वारा उच्च शिक्षा अध्ययनका लागि जेहेन्दार विद्यार्थीलाई छात्रवृति
कञ्चनपुर -
कञ्चनपुरको एक वडा कार्यालयले उच्च शिक्षा अध्ययनका लागि आर्थिक रुपमा विपन्न समुदायका जेहेन्दार विद्यार्थीलाई छात्रवृति वितरण गरेको छ । कृष्णपुर नगरपालिका २ नम्बर वडा कार्यालयले उच्च शिक्षा अध्ययनका लागि आर्थिक रुपमा विपन्न समुदायका जेहेन्दार विद्यार्थीलाई छात्रबृति वितरण गरेको हो ।
कृष्णपुर नगरपालिका २ का वडाध्यक्ष अर्जुन सिह साउदले उच्च शिक्षा अध्ययन गरिरहेका विपन्न समुदायका १० छात्रा विद्यार्थीलाई छात्रवृति वितरण गरिएको बताए ।
वडाध्यक्ष साउदले कृष्णपुर नपा २ घर भई नगरकै दुई क्याम्पसमा अध्ययनरत विद्यार्थीलाई नगद सामाजिक सुरक्षा कर काटेर ८ हजार ३३३ रुपैयाका दरले वितरण गरिएको बताए ।
बुधबार एक कार्यक्तमका बिच उदय सरस्वती क्याम्पसका धर्मेन्द्र रोकाया, सुनिता चौधरी, उर्मिला जोशी, चन्द्रा भट्ट, पशुपती चौधरी र कञ्चन बहुमुखी पशुपती महरा, पार्वती ठगुन्ना, डम्बरा साउद, सुस्मिता कुमारी थापा र भागरथी भट्ट छात्रा विद्यार्थीलाई छात्रवृति वितरण गरेको छ ।
‘हाम्रो वडामा बसोबास भएका विपन्न समुदायका विद्यार्थी जो उदय सरस्वती बहुमुखी क्याम्पस बंक र कञ्चन बहुमुखी क्याम्पस गुलरियामा अध्ययनरत गर्दै आएका छन, उनीहरुलाई वडा कार्यालयबाट चालु शैक्षिक सत्रमा नगदै छात्रबृति दिएका छौँ, ‘उनले भने, ‘विद्यार्थीको उच्च शिक्षा अध्ययनमा सहयोग पु¥याउने उदेश्य हो ।’
वडाध्यक्ष साउदले आगामी दिनमा समेत उच्च शिक्षा अध्ययनका लागि थप छात्रवृतिका कार्यक्रम ल्याउने बताए । छात्रवृति पाएका विद्यार्थीहरुले वडाबाट पाईएको छात्रवृतिले दैनिक अध्ययनमा आवश्यक पर्ने शैक्षिक समाग्री खरिदमा सहज हुने भन्दै वडा कार्यालय, वडाध्यक्ष साउदप्रति आभार प्रकट गरेका छन । जिल्लाका ९पालिका मध्ये कृष्णपुर नपा २ उच्च शिक्षा अध्ययनका लागि विपन्न समुदायका जेहेन्दार छात्रा विद्यार्थीलाई छात्रवृति वितरण गर्ने पहिलो वडा भएकाले विद्यार्थीले बताएका छन ।
बझाङमा ९५ जना एचआइभी सङ्क्रमितले औषधि सेवन गर्दै
बझाङ - बझाङमा एक सय ६७ जना एचआइभी सङ्क्रमित फेलापरेका मध्ये ९५ जनाले मात्रै औषधि सेवन गरिरहेका छ। सोमवार जिल्लास्थित सरोकारवालासँग वार्षिक
भीमदत्तनगरद्वारा श्रम बजार पहुँच वृद्धि गर्न सरोकारवालासंग छलफल
कञ्चनपुर - कञ्चनपुरको भीमदत्त नगरपालिकाले श्रम बजारमा श्रमिककोे पहुँच वृद्धि गर्नका लागि सरोकारवालासंग छलफल गरेको छ । मंगलबार भीमदत्त
कञ्चनपुर : तरकारीमा व्यवसायीले उपभोक्ताबाट चर्को मूल्य अशुल्दै
कञ्चनपुर - कञ्चनपुरको महेन्द्रनगर बजारमा तरकारीको मूल्य मनमर्जी रुपमा व्यवसायीहरुले लिईरहेका छन् । तरकारी बजार मण्डीमा एक मूल्य, बजारमा अनेकन
प्रतिकृया दिनुहोस