सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले शुक्रबार विश्वासको मत लिने
सुदूरपश्चिममा मुख्यमन्त्री दीर्घ सोडारीले शुक्रबार विश्वासको मत लिने भएका छन्।
बुधबार सोडारीले प्रदेश सभा सचिवालयलाई प्रदेश सभा बैठक आह्वानका लागि पत्र पठाएका छन्।
प्रदेश सभा सचिवालयका सचिव देव बहादुर बोगटीका अनुसार मुख्यमन्त्री सोडारीले केही दलहरूले समर्थन फिर्ता लिएकाले विश्वास मत लिने भन्दै सचिवालयमा पत्र पठाएका छन्।पत्रअनुसार शुक्रबार अपराह्न चार बजे प्रदेश सभाको बैठक आह्वान गरिएको छ।
जेठ ६ गते नेकपा एमाले, माओवादी, नागरिक उन्मुक्ति र एक स्वतन्त्र सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका सोडारीले दुई महिना १२ दिन सरकारको नेतृत्व गर्ने अवसर प्राप्त गरे।
यो बीचमा सोडारीले चार पटक मन्त्रिमण्डल हेरफेर गरे। केन्द्रमा नयाँ समीकरणपछि असार २० गते एमालेले मुख्यमन्त्रीलाई दिएको सर्मथन फिर्ता लियो।
अल्पमतमा परेका मुख्यमन्त्री सोडारीले राजीनामा नदिएर संसदमा विश्वासको मत लिने अडान राखेका थिए। सोही अनुसार उनी विश्वासको मत लिने भएका हुन्। यद्यपि मुख्यमन्त्रीले विश्वासको मत पाएर सरकार ढल्नबाट बचाउने आधार देखिँदैन। किनकि उनीसँग माओवादीका १०, नेकपा एकीकृत समाजवादी पार्टीका ४ र १ स्वतन्त्र सांसदको साथ छ।
नागरिक उन्मुक्तिका रञ्जिता श्रेष्ठ पक्षका दुई जना सांसदबाट पनि विश्वासको मत पाउने मुख्यमन्त्रीको विश्वास छ। यहाँ सरकार गठनका लागि २७ जना सांसदको समर्थन चाहिन्छ। ५३ जना सांसद रहेको सुदूरपश्चिममा नेपाली कांग्रेसका १८, नेकपा एमालेका ११ सासंद छन्। एक जना राप्रपाकी सांसद छिन्।
बझाङमा ९५ जना एचआइभी सङ्क्रमितले औषधि सेवन गर्दै
बझाङ - बझाङमा एक सय ६७ जना एचआइभी सङ्क्रमित फेलापरेका मध्ये ९५ जनाले मात्रै औषधि सेवन गरिरहेका छ। सोमवार जिल्लास्थित सरोकारवालासँग वार्षिक
भीमदत्तनगरद्वारा श्रम बजार पहुँच वृद्धि गर्न सरोकारवालासंग छलफल
कञ्चनपुर - कञ्चनपुरको भीमदत्त नगरपालिकाले श्रम बजारमा श्रमिककोे पहुँच वृद्धि गर्नका लागि सरोकारवालासंग छलफल गरेको छ । मंगलबार भीमदत्त
कञ्चनपुर : तरकारीमा व्यवसायीले उपभोक्ताबाट चर्को मूल्य अशुल्दै
कञ्चनपुर - कञ्चनपुरको महेन्द्रनगर बजारमा तरकारीको मूल्य मनमर्जी रुपमा व्यवसायीहरुले लिईरहेका छन् । तरकारी बजार मण्डीमा एक मूल्य, बजारमा अनेकन
प्रतिकृया दिनुहोस