राष्ट्रपति पौडेलद्वारा ३ प्रदेश प्रमुख नियुक्त
राष्ट्रपति रामचन्द्र पौडेलले तीन प्रदेशहरूमा नयाँ प्रदेश प्रमुखहरू नियुक्त गरेका छन् ।
उनले साउन १४ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार सरकारले गरेको सिफारिसका आधारमा बागमती, लुम्बिनी र कर्णाली प्रदेशमा प्रमुख नियुक्त गरेका छन् ।
राष्ट्रपति कार्यालयका अनुसार बागमतीमा दीपकप्रसाद देवकोटा, लुम्बिनीमा कृष्णबहादुर घर्तीमगर र कर्णालीमा यज्ञराज जोशीलाई नियुक्त गरिएको छ ।
कैलालीको धनगढीका देवकोटा नेकपा एमालेको कोटामा प्रदेश प्रमुख नियुक्त भएका हुन् । उनी एमालेको केन्द्रीय अनुशासन आयोग सदस्य हुन् ।
रोल्पाका घर्तीमगर र बझाङका जोशी नेपाली कांग्रेसकातर्फबाट प्रदेश प्रमुख बनेका हुन् । घर्तीमगर कांग्रेस रोल्पाका पूर्वसभापति र जोशी कांग्रेस केन्द्रीय सदस्य हुन् ।
भीमदत्त ६को उप निर्वाचनमा समाजवादीबाट चन्द उम्मेदबार
कञ्चनपुर - कञ्चनपुरको भीमदत्त नगरपालिका ६ वडाध्यक्षका लागि हुने उप निर्वाचनमा नेकपा एकीकृत समाजवादीबाट जितेन्द्र बहादुर चन्दलाई उम्मेदबार बनाउने
उपनिर्वाचन एक्लै लड्छौँः अध्यक्ष नेपाल
आगामी मङ्सिर १६ गते हुने स्थानीय तह–उपनिर्वाचनमा नेकपा (एकीकृत समाजवादी) ले एक्लै प्रतिस्पर्धा गर्ने भएको छ । समाजवादी मोर्चामा आवद्ध एकीकृत
अहिले नै सरकार हटाउने पक्षमा छैनौँ : प्रचण्ड
प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारलाई अहिले नै हटाउने
प्रतिकृया दिनुहोस