निर्माण व्यवसायी सेठीद्वारा कालिका मन्दिरलाई ग्राभेल सहयोग
चन्द्रिका चौधरी / बेलौरी,कञ्चनपुर-
कञ्चनपुरको बेलौरी बजारमा सडक निर्माण गरिरहेका निर्माण व्यवसायी प्रकाश बहादुर सेठीले कालिका मन्दिरलाई ग्राभेल सहयोग गरेका छन् ।
निर्माण व्यवसायी सेठीले बेलौरीको ऐतिहासिक कालिका मन्दिर परिसर भरान र पटानका लागि करिब ४० टिप्पर बराबर सडक ग्राभेल सहयोग गरेको मन्दिर निर्माण समिति संयोजक प्रकाश राज पन्तले बताए ।
उनले भने -'यस सामाजिक कार्यका लागि वरिष्ठ निर्माण व्यवसायी प्रकाश सेठीलाई धन्यवाद कालिका माताले उहाँको मनोकामना पूरा गरुन् ।'
तोकिएको समय अगावै काम सम्पन्न गरि १५ पटक सम्म सम्मानीत भएका निर्माण व्यवसायी सेठीले बेलौरी बजारमा निर्माण सम्झौता हुनुअघि देखि नै सडक निर्माणकार्य शुरुगरेकाे बताइन्छ ।
सडक अलपत्र पार्ने ठेकेदारको नियती र प्रवृत्तिलाई उछिन्दै राजेन्द्र रोयल जेभीका सञ्चालक सेठी ठेक्का सम्झौता अवधि अघिनै काम सम्पन्न गरी कतिपय ठाउँमा पुरस्कृत भएका छन् ।
भौतिक निर्माणमा चर्चा कमाएका सेठी यसअघि जिल्ला प्रहरी कार्यालय नवलपुरको भवन, टीकापुर बसपार्क, त्रिभुवन बस्ती स्वास्थ्य चौकी भवन, कालिका स्वास्थ्य चौकी भवनको काम पनि सम्झौता अगाडी नै सम्पन्न गरेपछि सम्मानीत भएका थिए ।
उनले पुर्नवास नगरपालिका भवन, सुर्खेतको मेलकुना सिटी हल, उच्च सरकारी वकिलको कार्यालय भवन सुर्खेत, उच्च सरकारी वकिलकै कार्यालय भवन नेपालगञ्ज, सुर्खेतकै गुमी स्वास्थ्य चौकी भवन, सानीलेक स्वास्थ्य चौकी भवन, घाटगाउँ स्वास्थ्यचौकी भवन, दहचौर स्वास्थ्य चौकी भवन सुर्खेत र सुर्खेतकै रानीबास स्वास्थ्य चौकी भवनको काम पनि सम्झौता अवधि अगाडी नै सम्पन्न गरी हस्तान्तरण गरेका थिए ।
पछिल्लोपटक बेलौरी बजार दुई तर्फका सडक आरसीसी र कालोपत्रेको काम पनि गुणस्तरीय रुपमा तोकिएको समय अगावै सम्पन्न गर्ने गरी निर्माण भइरहेको बताइएको छ । यद्यपि ठेकेदारबाट पटकपटक ठगिएका स्थानीयको खबरदारी भने कायमै छ ।,
अर्कोतर्फ, दान एवम् चन्दा दाताको सहयोगले मात्रै मन्दिर निर्माणको कार्य प्रयाप्त नहुने बताउँदै कालिका मन्दिर निर्माण समिति संयोजक पन्तले तीनै तहका सरकारको सहयोग आवश्यक रहेको औंल्याए।
उनले यसका लागि मन्दिरको थप विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भइसकेकाले स्थानीय निर्वाचित जनप्रतिनिधिले धार्मिक पर्यटकीय क्षेत्र विकासमा जोड दिनुपर्ने धारणा व्यक्त गरेका छन् ।,
ऐतिहासिक कालिका मन्दिर प्रवेशद्वारमा तत्काल दुईवटा बाघका मूर्ति निर्माण गरिने बताउँदै संयोजक पन्तले सक्दो सहयोगका लागि सबैमा अपिल समेत गरेका छन् ।
यद्यपि ५ लाख देखि निर्माण शुरु गरिएको उक्त मन्दिरलाई देश विदेशका श्रद्धालु भक्तजनहरुको सहयोग रही आएको छ ।
सुनको गजुर मूर्ति सहित काष्ठकलाका तीन ढोका रहेको कालिका मन्दिर क्षेत्रकै ऐतिहासिक पर्यटकीय गन्तव्य बनाउने मन्दिर निर्माण समितिले जनाएको छ ।
बझाङमा ९५ जना एचआइभी सङ्क्रमितले औषधि सेवन गर्दै
बझाङ - बझाङमा एक सय ६७ जना एचआइभी सङ्क्रमित फेलापरेका मध्ये ९५ जनाले मात्रै औषधि सेवन गरिरहेका छ। सोमवार जिल्लास्थित सरोकारवालासँग वार्षिक
भीमदत्तनगरद्वारा श्रम बजार पहुँच वृद्धि गर्न सरोकारवालासंग छलफल
कञ्चनपुर - कञ्चनपुरको भीमदत्त नगरपालिकाले श्रम बजारमा श्रमिककोे पहुँच वृद्धि गर्नका लागि सरोकारवालासंग छलफल गरेको छ । मंगलबार भीमदत्त
कञ्चनपुर : तरकारीमा व्यवसायीले उपभोक्ताबाट चर्को मूल्य अशुल्दै
कञ्चनपुर - कञ्चनपुरको महेन्द्रनगर बजारमा तरकारीको मूल्य मनमर्जी रुपमा व्यवसायीहरुले लिईरहेका छन् । तरकारी बजार मण्डीमा एक मूल्य, बजारमा अनेकन
प्रतिकृया दिनुहोस