पेरिस ओलम्पिक : प्रिन्स दाहालले आज समूह चरणकाे अन्तिम खेल खेल्दै
नेपाली ब्याडमिन्टन खेलाडी प्रिन्स दाहालले फ्रान्समा भइरहेको पेरिस ओलम्पिकमा आज समूह चरणको अन्तिम खेल खेल्दैछन् । समूह ‘पी’ मा रहेका प्रिन्सले इजरायलका मिसा जिलबरमनसँग आज खेल्ने भएका हुन् । यसअघि समूहको दुवै खेलमा पराजित भएका प्रिन्सका लागि आजको खेलको प्रतिष्ठाको खेलसमेत हुनेछ ।
प्रिन्स विश्व वरीयताको १ सय ७२ औँ स्थानमा छन् भने मिसा ५८ औँ स्थानमा छन् । यसअघि प्रिन्स भिक्टर एक्सेलसन र नहाट एन्ग्वेनसँग २–० ले पराजित भएका थिए । नेपालले पहिलो पटक ओलम्पिकमा ब्याडमिन्टनमा सहभागिता जनाएको हो ।
पेरिस २०२४ मा नेपालबाट ७ खेलाडी सहभागी भएकोमा ५ खेलाडीको खेल सकिसकेको छ । पौडीका एलेक्जेन्डर शाहले आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमान सुधार गर्नुबाहेक पाँचै खेलाडी पहिलो चरणबाटै बाहिरिए ।
अब प्रिन्स बाहेक एथ्लेटिक्सकी सन्तोषी श्रेष्ठको स्पर्धा बाँकी छ । सन्तोषीले अन्तिम दिन अगस्ट ११ मा महिला म्यारथनमा प्रतिस्पर्धा गर्नेछिन् ।
साफ महिला फूटबल फाइनलको टिकट एन्फाले जावलाखेल मैदानबाट बेच्ने
साफ महिला फूटबलको फाइनल खेलको टिक अखिल नेपाल फूटबल संघ (एन्फा)ले बुधबार जावलाखेलबाट बिक्रि गर्ने भएको छ। बिहान ८ बजेदेखि टिकट बिक्री गरिने
धोनीले आइपीएल खेल्ने
इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ को सिजनको तयारी सुरु भइसकेको छ र केही दिनमा फ्रेन्चाइजीहरूले खेलाडीलाई रिटेन गर्ने र रिलिज गर्ने निर्णय गर्दैछन्
आईसीसी विश्वकप लिग–२ : नेपाल अमेरिकासँग ३ विकेटले पराजित
आईसीसी विश्वकप लिग–२ मा नेपाल अमेरिकासँग ३ विकेटले पराजित भएकोछ । दुई सय ८७ रनको लक्ष्य अमेरिकाले ४९ ओभर चार बलमा सात विकेट गुमाएर पूरा गर्याे
प्रतिकृया दिनुहोस