बेलाैरीमा करेन्ट लागेर दुईजना घाइते
दिनेश चाैधरी / बेलाैरी, कञ्चनपुर -
साेमबार बिहान बेलाैरीमा करेन्ट लागेर दुईजना घाइते भएका छन् ।
बेलौरी नगरपालिका वडा नम्बर ४ रिछाहा स्थित विद्युतको पोलमा तार तान्ने क्रममा करेन्ट लागेर दुई जना घाइते भएका हुन् ।
घाइते हुनेमा धनगढी उपमहानगरपालिका वडा नम्बर १० घुयाँघाट बस्ने बर्ष २२ वर्षीय श्रवण राना र ऐ.ऐ. बस्ने २१ वर्षीय सञ्जय राना रहेको इलाका प्रहरी कार्यालय बेलाैरीका प्रहरी निरीक्षक गाैरीप्रसाद जैशीले बताए ।
उनले भने, सानाे पाेलबाट ठुलो पाेलमा लाइन विस्तार गर्ने क्रममा एक्कासी करेन्ट लागेर दुई जना घाइते भएका हुन् ।
घाइते द्वयरानाकाे ढाड र टाउकोमा चोट लागेपनि अवस्था भने सामान्य रहेको निरीक्षक जैशीले बताए ।उनीहरूलाई थप उपचारका लागि धनगढी स्थित निसर्ग अस्पताल पठाईएको छ ।,
घाइते द्वयराना विद्युत लाइन विस्तार गर्ने ठेकेदारका कर्मचारी रहेको जनाइएको छ ।
भने, प्रहरीले विद्युतीय करेन्टकाे जाेखिमबाट बच्न र उच्च सतर्कता अपनाउन सर्व-साधारण सबैमा अनुरोध गरेको छ ।
बझाङमा ९५ जना एचआइभी सङ्क्रमितले औषधि सेवन गर्दै
बझाङ - बझाङमा एक सय ६७ जना एचआइभी सङ्क्रमित फेलापरेका मध्ये ९५ जनाले मात्रै औषधि सेवन गरिरहेका छ। सोमवार जिल्लास्थित सरोकारवालासँग वार्षिक
भीमदत्तनगरद्वारा श्रम बजार पहुँच वृद्धि गर्न सरोकारवालासंग छलफल
कञ्चनपुर - कञ्चनपुरको भीमदत्त नगरपालिकाले श्रम बजारमा श्रमिककोे पहुँच वृद्धि गर्नका लागि सरोकारवालासंग छलफल गरेको छ । मंगलबार भीमदत्त
कञ्चनपुर : तरकारीमा व्यवसायीले उपभोक्ताबाट चर्को मूल्य अशुल्दै
कञ्चनपुर - कञ्चनपुरको महेन्द्रनगर बजारमा तरकारीको मूल्य मनमर्जी रुपमा व्यवसायीहरुले लिईरहेका छन् । तरकारी बजार मण्डीमा एक मूल्य, बजारमा अनेकन
प्रतिकृया दिनुहोस