सुत्केरी आमाले स्तनपान गराउनुअघि यस्ता कुरामा ध्यान दिनुहोस् !

२०८१ श्रावण ५ शनिबार

सुत्केरी महिलाहरूले धेरै कुरामा ध्यान दिनुपर्छ । विशेष गरी बच्चाको स्याहारसुसार र आफ्नो आहारामा पनि जोड दिनुपर्छ । धेरैजसो महिलाले स्तनपान गराउनुअघि र पछि बच्चाको सरसफाइमा ध्यान दिँदै उसको मुख सफा गरिदिन्छन् ।

 

तर महिलाहरूले आफ्नो स्तन पनि बच्चालाई दूध खुवाउनुअघि र पछि सफा गर्नुपर्छ भन्नेमा खास्सै ध्यान गएको पाइँदैन । स्तनपान गराउँदा महिलाले आफ्नो बच्चा र आफ्नो सरसफाइमा ध्यान दिनु आवश्यक छ ।

 

स्तनपान गर्नुअघि वा पछि बच्चाको सरसफाइको ख्याल राख्दै महिलाले आफ्नो स्तनलाई साबुन पानी र स्यानिटाइजरले सफा गर्छन्, जुन स्तन र बच्चाको लागि हानिकारक हुनसक्छ । यसले लाभकारी प्राकृतिक तेल र स्राव हटाउन सक्छ, जसले स्तनमा सुक्खापन, जलन र सङ्क्रमणको जोखिम बढाउन सक्छ ।

 

यसकारण आफ्नो हात धोएर थोरै पानीले स्तनमा लगाएर सफा कपडाले सुक्खा बनाउन सकिन्छ । स्तनको सरसफाइ कायम राख्न नियमित रूपमा नुहाउनुपर्छ । नुहाउँदा सफा पानीले स्तनमा भिजाउन सकिन्छ । र, यो समयमा निप्पललाई रगड्न हुँदैन । स्तनमा हावा प्रवाह हुन दिन आरामदायक ब्रा र लुगा लगाउनुपर्छ ।

 

शिशुले जति दूध चुस्छ, त्यति नै बढी प्रोलाक्टिन हर्मोन निष्कासन भई दूध बन्दछ । दूध खुवाइसकेपछि शिशुलाई काँधमा अडेस लगाएर पिठ्युँमा मुसारी डकार्न लगाउनुपर्छ । यसले गर्दा शिशुले स्तनपान गर्ने बित्तिकै बान्ता गर्दैन ।

 

साथै शिशु बिरामी छ भने पनि बारम्बार दूध खुवाउनुपर्छ । शिशुले आमाको दूध पनि खाने प्रयास नगरेमा तुरुन्त नजिकैको स्वास्थ्य संस्थामा लैजानुपर्छ । स्तनपान गराउँदा आमाले शिशुतिर हेर्ने, मुस्कुराउने, बोल्ने र गीत गुनगुनाउने गर्नुपर्छ ।

प्रतिकृया दिनुहोस

मध्य असोजसम्म जापानिज इन्सेफ्लाइटिस सङ्क्रमणको जोखिम उच्च

स्वास्थ्य सेवा विभागले जापानिज इन्सेफ्लाइटिस सङ्क्रमणको जोखिम उच्च रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ । विभागअन्तर्गतको परिवार कल्याण महाशाखा,

नवजात शिशुको स्याहार कसरी गर्ने ?

जन्मेदेखि २८ दिनसम्मका शिशुलाई नवजात शिशु भनिन्छ । शिशु जन्मेको पहिलो मिनेटलाई उसको जीवनको सुनौलो मिनेट मानिन्छ । यस्तै पहिलो घन्टा पनि शिशु र

नेपालमा पनि एमपक्सको जोखिम

अफ्रिका र युरोपेली देशमा देखिएको एमपक्स अर्थात् (मङ्की पक्स) को जोखिम नेपालमा पनि रहेको छ । डाक्टरहरूका अनुसार नेपालमा जोखिम रहे पनि  कोरोना भाइरस