विपिन जोशीलाई हमासबाट छुटाएर फिर्ता ल्याउने पहल थाल्छु : परराष्ट्रमन्त्री आरजु
नवनियुक्त परराष्ट्रमन्त्री आरजु राणाले सन् २०२३ अक्टोबर ७ मा प्यालेस्टाइनस्थित विद्रोही समूह हमासले अपहरण गरी बेपत्ता बनाएका कञ्चनपुरका नेपाली युवा विपिन जोशीको खोजी गरिने बताएकी छन् ।
सोमबार दिउँसो परराष्ट्र मन्त्रालयमा पदभार ग्रहण गरेपछि उनले यस्तो बताएकी हुन् ।
यसअघिका परराष्ट्रमन्त्री एनपी साउद र नारायणकाजी श्रेष्ठले पनि जोशीको खोजीमा पहल गरेका थिए । तर दुवै मन्त्रीले विपिनको अवस्था पत्ता लगाउन सकेनन् ।
अब नयाँ परराष्ट्रमन्त्री राणाले पनि हमासले इजरायलमा आक्रमण गरेपछि अपहरण गरि बेपत्ता विपिनको खोजी गरी फिर्ता ल्याउन पहल गर्ने बताइन् ।
कृषि अध्ययन गर्न इजरायल पुगेका विपिनको अहिलेसम्म अवस्था खुल्न सकेको छैन । गाजा क्षेत्रलाई इजरायली सेनाले करिब ध्वस्त बनाइसक्दा पनि विपिनसहित अपहृत डेढ सय बढीको अवस्था खुल्न सकेको छैन ।
भीमदत्त ६को उप निर्वाचनमा समाजवादीबाट चन्द उम्मेदबार
कञ्चनपुर - कञ्चनपुरको भीमदत्त नगरपालिका ६ वडाध्यक्षका लागि हुने उप निर्वाचनमा नेकपा एकीकृत समाजवादीबाट जितेन्द्र बहादुर चन्दलाई उम्मेदबार बनाउने
उपनिर्वाचन एक्लै लड्छौँः अध्यक्ष नेपाल
आगामी मङ्सिर १६ गते हुने स्थानीय तह–उपनिर्वाचनमा नेकपा (एकीकृत समाजवादी) ले एक्लै प्रतिस्पर्धा गर्ने भएको छ । समाजवादी मोर्चामा आवद्ध एकीकृत
अहिले नै सरकार हटाउने पक्षमा छैनौँ : प्रचण्ड
प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारलाई अहिले नै हटाउने
प्रतिकृया दिनुहोस