पहिलो पटक कञ्चनपुरले पायो गृहमन्त्री
कञ्चनपुर -
दुई ठुला राजनीतिक दल नेपाली कांग्रेस र नेकपा एमालेबिच भएको सत्ता समीकरण अनुरुप प्रधानमन्त्री केपी शर्मा(ओली) सहितका मन्त्रीहरुले सपथ ग्रहण गरेका छन । ओली सरकारमा सुदूरपश्चिमबाट चार क्याबिनेटमन्त्री नियुक्त भएका छन ।
गृह रमेश लेखक, परराष्ट्र राजुराणा(देउवा), उद्योगमा दामोदर भण्डारी दोहोरिए, पर्यटनमा बद्री पाण्डे नियुक्त भएका छन । पहिलो पटक सुदूरपश्चिम तथा कञ्चनपुरले गृहमन्त्री पाएको छ । यस अघि ०४८देखि०७९सम्म भएका आम निर्वाचन प्रतिनिधी सभा सदस्य(संसद)का निर्वाचनमा कञ्चनपुरबाट निर्वाचित भएका संसद गृहमन्त्री भएका थिएनन । पहिलो पटक कञ्चनपुरले गृहमन्त्री पाएको छ ।
०७९ सालमा सम्पन्न भएको प्रतिनिधी सभा सदस्य निर्वाचनमा कञ्चनपुर निर्वाचन क्षेत्र ३बाट निर्वाचित संसद रमेश लेखक आफुपनि पहिलो पटक गृहमन्त्री भएका हुन ।
यस अघि लेखक ०५६मा चुनाव जितेपछि दलको सचेतक भएका थिए । ०६२मा संसद पुर्नस्थापना भएपछि लेखक राज्यमन्त्री हुँदै मन्त्री भएका थिए । ०७०मा सम्पन्न भएको दोस्रो संविधान सभा सदस्य निर्वाचनमा संसदमा निर्वाचित भएका लेखक भौतिक पूर्वाधारमन्त्री र अहिले ०७९मा सम्पन्न भएको निर्वाचनमा संसदमा निर्वाचित लेखक गृहमन्त्री भएका हुन ।
०७४मा एमाले, माओवादीका साझा उम्मेदवार एमाले नेता डा. दीपक प्रकाश भट्टसंग पराजित भएका थिए । यस अघि कञ्चनपुरबाट पञ्चायतकालमा राजाबाट मनोजित भएका लबरु राना मन्त्री, त्यसपछि ०४८ यता कञ्चनपुरबाट निर्वाचित भएका संसद एनपी साउद सिँचाई, परराष्ट्रमन्त्री, बिना मगर खानेपानीमन्त्री, तारणीदत्त चटौत पर्यटनमन्त्री, उर्वादत्त पन्त शिक्षाराज्यमन्त्री भएका थिए । लेखक गृहमन्त्रीमा नियुक्त भएसंगै उनकै नगरमा ६ बर्ष अघि १३ बर्षिया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको काण्डका दोषि सार्वजनिक हुने नागरिकले अपेक्षा राखेका छन ।
भीमदत्त ६को उप निर्वाचनमा समाजवादीबाट चन्द उम्मेदबार
कञ्चनपुर - कञ्चनपुरको भीमदत्त नगरपालिका ६ वडाध्यक्षका लागि हुने उप निर्वाचनमा नेकपा एकीकृत समाजवादीबाट जितेन्द्र बहादुर चन्दलाई उम्मेदबार बनाउने
उपनिर्वाचन एक्लै लड्छौँः अध्यक्ष नेपाल
आगामी मङ्सिर १६ गते हुने स्थानीय तह–उपनिर्वाचनमा नेकपा (एकीकृत समाजवादी) ले एक्लै प्रतिस्पर्धा गर्ने भएको छ । समाजवादी मोर्चामा आवद्ध एकीकृत
अहिले नै सरकार हटाउने पक्षमा छैनौँ : प्रचण्ड
प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारलाई अहिले नै हटाउने
प्रतिकृया दिनुहोस