त्रिशूलीमा बगाएको बसका एक जना यात्रुको शव भेटियो
हिजो चितवनको सिमलतालमा पहिरोले त्रिशूलीमा बगाएको बसका एक जना यात्रुको शव भेटिएको छ । चितवनको भरतपुर महानगरपालिका– २८ गोलाघाटको नारायणी नदी किनारमा भारतीय नागरिक ऋषिपाल साहको शव भेटिएको चितवनका प्रहरी प्रवक्ता डिएसपी भेषराज रिजालले जानकारी दिनुभएको छ ।
गोलाघाट, बस खसेको ठाउँबाट ५० किलोमिटर तल पर्छ । मृतक घोप्टो परेको र आधा शरीर बालुवामा पुरिएको अवस्थामा भेटिएका छन् । उनको साथमा भेटिएको बैंकको एटीएम कार्ड र आधार कार्डबाट परिचय खुलेको हो । उनी अस्ति रौतहटको गौर जानको लागि काठमाण्डौको जोरपाटीबाट गणपति डिलक्सको बस चढेका थिए । भेटिएको शवलाई उनकै भाइ लगायतका आफन्तले सनाखत गरिसकेका छन् ।
मुग्लिन–नारायणघाट सडकअन्तर्गत चितवनको भरतपुर महानगरपालिका–२९ सिमलतालमा हिजो बिहान पहिरोले बस बगाएर त्रिशुली नदीमा पुर्याउँदा कम्तिमा ४८ जना यात्रु बेपत्ता भएका छन् । प्रहरीले विभिन्न प्रविधि र उपकरण प्रयोग गरेर खोजी जारी राखेपनि बस र यात्रु भेटिएका छैनन् ।
खोजीमा सशस्त्र प्रहरी र नेपाली सेनाका गोताखोर टोली परिचालन भएका छन् । स्थानीयले पनि प्रहरी र सेनालाई साथ दिइरहेका छन् । तर त्रिशूली निकै गहिरो रहेको र अहिले बहाव तीव्र रहेकाले पानीमुनि पुगेर खोजी गर्न समस्या भएको छ ।
चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले यात्रु खोज्न सशस्त्रका चार, नेपाल प्रहरीको एउटा मोटरबोट, गोताखोर टोलीलगायत परिचालन गरेकाे बताउनुभयो । त्रिशूली नदीमा खसेका दुई वटा बस र तिनका यात्रु नभेटिएपछि ड्रोन र सोनार क्यामेराबाट खोजी थालिएको छ ।
सशस्त्रका सह–प्रवक्ता, डीएसपी शैलेन्द्र थापाले दिएको जानकारीअनुसार ड्रोन र पानीभित्र पनि हेर्न मिल्ने सोनार क्यामेरा प्रयोग गरी बिहानैदेखि खोजी जारी छ । र्याफ्ट बोटमा जडान गरेर सोनार क्यामेराले पानीभित्रका वस्तु हेर्न सहयोग पुर्याउँछ ।
आज धनतेरस मनाइँदै
हरेक वर्ष कात्तिक कृष्ण त्रयोदशीदेखि शुरू हुने तिहारको यमपञ्चक आजदेखि विधिवत् रुपमा शुरू हुँदैछ । कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल
भाइटीकाकाे शुभ साइत बिहान ११ बजेर ३७ मिनेटमा
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको साइत सार्वजनिक गरेको छ । यही कात्तिक १८ गते आइतवार बिहान ११ बजेर ३७ मिनेटमा भाइटीकाको
महसुल नतिरे विद्युत् चोरीको कसुरमा कारबाही हुनसक्छ : पुन
नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले सर्वसाधारण जनतालाई १८ घण्टासम्म लोडसेडिङमा राखेर २४सै घण्टा विद्युत् उपभोग गरेका उद्योगीले
प्रतिकृया दिनुहोस