कञ्चनपुर : चाैधर र दाेदा नदीकाे वितण्डा बारे एमाले नेता भट्टकाे धारणा सार्वजनिक
रेडियो सुदूर सञ्चार / बेलाैरी, कञ्चनपुर -
नेकपा एमालेका प्रभावशाली नेता एवम् कञ्चनपुर जिल्ला सचिव पल्लव राज भट्टले कञ्चनपुरमा चाैधर र दाेदा नदीकाे वितण्डाबारे आफ्नो धारणा सार्वजनिक गरेका छन् ।
नेता भट्टले शुक्रबार राती २ बजे सामाजिक सञ्जाल फेसबुक मार्फत आफ्नो धारणा सार्वजनिक गरेका हुन्।
उनले बेलडाँडीमा चाैधर नदीले निम्त्याएको समस्या समाधान पहल र सुझाव सहितकाे धारणा बुदाँगत रुपमा प्रस्तुत गरेका छन् । दक्षिण क्षेत्र बचाउँ संघर्ष समितिका पूर्व संयोजक समेत रहेका भट्टले लेखेका छन् :-
चौधर र दोदा नदीको तटवन्ध नहर पुनर्निर्माण बारे मेरो बुझाई -
१) समस्या :
महाकाली सिचाईको दोस्रो चरणको नहर निर्माण गर्दा प्राकृतिक रुपमा बगिरहेको चौधर नदी लाई ईमिलिया र झिलमिला बस्तीको नजिक सिरानीबाट डाईभर्सन गरेर महाकाली (सारदा) नदीमा फालियो ।
पहिला प्राकृतिक रुपमा बगिरहेको नदीको बाटोलाई क्षतविक्षत हुने गरि शाखा नहर, टर्सरी र बाटो निर्माण गरियो । बिकासको लागि यो गर्नु आवश्यक थियो तर त्यसको प्रभाव र दीर्घकालीन असर बारे सोचिएन् ।
सुख्खा याममा निर्माण गर्दा बर्षायाममा पानीको वहाव कति र कता हुन्छ भन्ने कुराको हेक्का समेत राखिएन । जसको प्रत्यक्ष असर त्यति बेलै देखि बस्तीमा पर्यो र झिलमिला र बैवाह क्षेत्रमा सयौ बिगाहा उर्वरभुमि दलदलमा परिणत हुन पुग्यो ।
उनलेे लेखिएका छन् - २०६५ सालको बाढीले पनि नहर फुटाएर नदी पुरानै आफ्नो बगिरहने स्थान तिर पस्यो र ठूलो क्षती बेहोर्नु पर्यो । र यस पटक पनि सोही अवस्था दोहोरीयो ।
नदी डाईभर्सन गरी सकेपछि नदीको पानी जमीन माथी नआउने गरि छुट्टै तटबन्ध गरिनु पर्थ्यो तर नहरको ड्याम लाई नै बाध मानियो र त्यही पनि पक्की बनाईएन् ।,
माटाको बाध त्यो पनि पानी त्यो भन्दा माथिवाट चढ्न सक्ने गरि बनाउने कुरा प्राविधिक विद्या नपढेकोले समेत गर्न नसक्ने खेलाची तत्कालीन महाकाली सिचाई परियोजनाको डिजाईन निर्माण गर्ने कम्पनी र तत्कालीन सरकार ले गरेको हो । जसको परिणाम आज हामीले भोगी रहेका छौँ ।
२) समाधानको उपाय र पहल :
२०६५ सालको बाढीले कञ्चनपुरको दक्षिणी क्षेत्र पुरै क्षतविक्षत बनाए पछि पूर्व-पश्चिम राजमार्ग भन्दा दक्षिणमा रहेका तत्कालीन १२ गाबिसका सर्वदलीय संयन्त्र र गाबिस सचिवहरुको भेलाले मेरो नेतृत्वमा सर्वदलीय सर्वपक्षीय "दक्षिणी क्षेत्र बचाउँ संघर्ष समिती" निर्माण गरि दोदा र चौधरी नदीको बाढीको स्थाई समाधानको उपाय सहित नेपाल सरकार संग डेलीगेसन गरि माग गर्नुका साथै जनतालाई सचेत गर्ने कार्य गरिएको थियो ।
साथै चौधर नदीलाई सके सम्म बस्ती भन्दा कम्तीमा ३ देखि ५ किमी माथि निकुन्ज भित्रबाट डाईभर्सन गर्नु पर्ने, र यसो गर्न नसके पक्की स्थाई बाध निर्माणको माग गरेको थियो ।,
यतिमात्र नभइ दलदल (सिमसार) को समाधानका लागि नाली निर्माण गर्न माग गरिएको थियो । क्षेत्रका समस्या ल्याएर राजधानी गएको त्यो पहिलो सर्वपक्षीय डेलीगेसन थियो । त्यसलाई जिल्लाका तत्कालीन माननीयहरुले पनि राम्रै साथ दिएका थिए ।
सरकारले पनि गम्भीर रुपमा लिई सुनुवाइ गरेको थियो । त्यस पछि नेपाल सरकारले तत्कालीन डिभिजन सिचाईलाई पुनर्निर्माणका लागी ३५ करोड रुपया उपलब्ध गराएको थियो तर काम टालटुले पारामा गरियो ।
नत नहर ड्यामको उचाई बढाईयो नत नदि डाईभर्सन को छुट्टै तटबन्ध निर्माण गरियो । सामान्य रुपमा सिमसार क्षेत्रमा नाली खनेर भुल्याई यो र त्यो रकमले जिल्लाका अन्य स्थानमा टर्सरी निर्माण गरेर खर्चियो ।
चौधर नदीको संवेदनशीलतालाई ध्यानमा राखी त्यति बेला काम गरिएको भए आज यो समस्या पुनः भोग्नु पर्ने अवस्था आउने थिएन । यसकाे तत्कालीन जनप्रतिनिधिहरुले पनि अनुगमन र खरदारी गर्ने काममा ध्यान दिएनन् ।
यसैगरी दोदा नदीको शिर देखि तिर सम्म दुबै तर्फ तटबन्ध गर्ने गरि बाध निर्माणको माग अनुसार तत्कालीन सरकारले जनताको तटबन्ध कार्यक्रम अन्तरगत योजनाको सुरुवात गरि दियो तर प्रयाप्त बजेट निरन्तरतामा पर्न नसक्दा कहिले डुङ्गाबाट, कहिले रामनगरको सिरानीबाट दोदा बस्ती पसी रहेकै छ ।
हरेक बर्ष सिमरीमा बाढी पसेर बितण्डा मच्चाएकै छ, त्यति देख्दा-देख्दै बाढी जहाँ पस्छ त्यहाँ स्थाई बाँध बनाउनेमा सरकारी पक्ष लाग्दैन ।,
सिमरीमा बाटोमा वाल लगाउने तिर लाग्छ, एकै दिनको बाढीले सबै बगाउछ अनि कसरी समस्याको निराकरण हुन सक्छ ?
३) समाधान :
क) चौधर नदी अहिले तत्काल नियन्त्रण र रोकथाम गरिएन भने नदीको बहाव नै इमिलिया बाट हुनेछ । र त्यस पछि डाईभर्सन सजिलो हुने छैन ।
त्यहाँ भन्दा दक्षिणको सबै बस्ती तहस नहस हुनेछ र त्यो भयावह स्थिती बेलडाडीको तल्लो भेग पुरै बेलौरीको १० , ८, ७, ६ र २ नम्बर सम्मले बेहोर्नु पर्ने छ ।
पानी पर्यो कि सबै सम्पत्तिको माया मारेर ज्यान जोगाउन भाग्नु पर्ने नियती त्यस क्षेत्रका जनताको हुन पुगेको छ । तसर्थ जिल्ला स्तरीय बिपत ब्यवस्थापन समितिले तत्काल पुनर्निर्माणको आदेश दिई सरोकारवाला निकायलाई पुनर्निर्माणमा लाग्न कुनै प्रक्रियागत झमेलामा नलागी आजै अहिले नै लाग्ने वातावरण बनाई काममा लगाई हाल्नु पर्छ ।
कालिकिचको सिरानी देखि इमिलिया नहर सम्म चौधर नदिको पूर्वी किनारामा बाध निर्माणमा डिभिजन सिचाई, गाउँपालिका संग भएका श्रोत साधन परिचालन गराउन ढिलाई गर्नु हुदैन ।,
यसका साथै स्थाई समाधानको सभ्यता अध्ययन गरि यथाशिघ्र पक्की बाध निर्माणका लागि आवस्यक बजेटको ब्यवस्था गर्न पहल गरौं ।
सकभर अब बन्ने सरकारको पहिलो क्याबिनेटबाट नै प्रधानमन्त्री राहत कोषबाट बजेटको व्यवस्था हुने गरि लविङमा सबै लागौँ यो अति आवस्यक छ ।
ख) दोदा नदीले हरेक वर्ष सिमरीमा ठूलो जनधन को क्षती गर्दै आएको छ । जहाँ नीरबाट दोदा नदीको पानी बस्ती पस्ने गरेको छ त्यहा तटबन्धका लागि बजेटको व्यवस्था गर्न पहल गर्न लागौं । अनि मात्र दीर्घ रुपमा समाधान हुनेछ ।
बाटोको पुनर्निर्माण त यथाशिघ्र आवश्यक छ नै त्यो क्षेत्रमा पानीको बहाव बढी हुने ठाउँमा आर सि सि रोड निर्माण अहिलेको अवस्थाको अध्ययन गरि काम गर्न सरोकारवाला अफिस लाई तत्काल स्थानीय सरकारले स्टमेट गराउन पहल गरोस् ।
ग) नदी नाला प्राकृतिक रुपमा बगिरहेको स्थान मिच्ने, नाला कै पुर्जा लिने/दिने कार्य गरेर पटान गरि पानी बग्ने बाटो छेक्नु डुवानको अर्को कारण हो ।,
नालाहरुमा गरिएको अतिक्रम तत्काल हटाई, बनाएका पूर्जा बदर गरि पानीको बहावको प्राकृतिक बाटोको संरक्षण दिर्घ समाधानको उत्तम बिकल्प हो ।, उनले लेखेका छन् - "हामी सबै सचेत नागरिक लागे यो सम्भव छ । सबै लागौं म सदैव तयार छु ।,
बझाङमा ९५ जना एचआइभी सङ्क्रमितले औषधि सेवन गर्दै
बझाङ - बझाङमा एक सय ६७ जना एचआइभी सङ्क्रमित फेलापरेका मध्ये ९५ जनाले मात्रै औषधि सेवन गरिरहेका छ। सोमवार जिल्लास्थित सरोकारवालासँग वार्षिक
भीमदत्तनगरद्वारा श्रम बजार पहुँच वृद्धि गर्न सरोकारवालासंग छलफल
कञ्चनपुर - कञ्चनपुरको भीमदत्त नगरपालिकाले श्रम बजारमा श्रमिककोे पहुँच वृद्धि गर्नका लागि सरोकारवालासंग छलफल गरेको छ । मंगलबार भीमदत्त
कञ्चनपुर : तरकारीमा व्यवसायीले उपभोक्ताबाट चर्को मूल्य अशुल्दै
कञ्चनपुर - कञ्चनपुरको महेन्द्रनगर बजारमा तरकारीको मूल्य मनमर्जी रुपमा व्यवसायीहरुले लिईरहेका छन् । तरकारी बजार मण्डीमा एक मूल्य, बजारमा अनेकन
प्रतिकृया दिनुहोस