शोभा तालमा डुङ्गा सञ्चालन, ताललाई पर्यटकीय हबको रुपमा विकास गरिने : मेयर चाैधरी
बेलाैरी, कञ्चनपुर -
बिहीबारदेखि बेलौरी नगरपालिका ५ शोभा तालमा डुङ्गा सञ्चालनमा आएको छ । बेलाैरीकाे पर्यटकीय गन्तव्य शोभा तालमा डुङ्गा(बाेट) सञ्चालनमा आएको हो ।
पर्यटकीय आकर्षणको केन्द्र बनिरहेको शोभातालमा डुङ्गा सञ्चालनमा ल्याइएको नगरपालिकाले जनाएको छ । बेलौरी नगरका मेयर पोतिलाल चौधरीले आजदेखि तालमा डुङ्गा(बोट) सञ्चालनमा ल्याएको बताए ।
मेयर चौधरीले शोभातालको पर्यटन विकासका लागि ५ हाँस शैलीका डुङ्गा सञ्चालनमा ल्याएको जनाए । उनले भने, पूर्वखानेपानी मन्त्री बीना मगरकाे विशेष पहलमा संघीय सरकारको ससर्त अनुदान बाट ५ थान डुङ्गा सञ्चालनमा ल्याइएको हाे ।,
नगरको वार्षिक नीति तथा कार्यक्रममा नगरका तालहरू मध्ये शोभाताल लाई पनि पर्यटकीय हबको रुपमा विकास गरिने निर्णय भए अनुरूप काम अगाडि बढाइएको छ । यस्तै केही दिनमा बेलौरी नगरपालिका वडा नम्बर २ मा रहेको बन्धाताल पर्यटन विकासका लागि टेण्डर प्रकिया बढाइने मेयर चौधरीकाे भनाइ छ ।
शोभाताल संरक्षण समितिका अध्यक्ष जगदीश चौधरीले तालको पर्यटन विकासका लागि पालिकाबाट सामग्री उपलब्ध भएसगै छिट्टै सञ्चालनमा ल्याउने जनाएका छन् । उनले शोभातालाई थप पर्यटकीय आकर्षक गन्तव्य बनाउन डुङ्गा महत्वपूर्ण रहेको बताए ।
शोभातालमा डुङ्गा सञ्चालन भएसंगै आन्तरिक पर्यटन प्रर्बद्धन भई नगरको आन्तरिक स्रोतमा समेत बृद्धि हुने विश्वास गरिएको छ ।
अहिले तालमा १ थान गौतम बुद्धको मूर्ति र १ थान सेल्फी स्टेण्ड लगायत सामग्री राखिएका संरक्षण समिति अध्यक्ष चाैधरीले जनाए ।
उनले बिहीबार बेलाैरी नगरप्रमुख पाेतीलाल चाैधरी, उपप्रमुख जाेगराम चाैधरी, वडाध्यक्ष लालबहादुर चाैधरी, सदस्य आरती चाैधरी, कृपाराम चाैधरी, स्थानीय भलमन्सा किसन गम्वा लगायतको टाेलीले डुङ्गा परीक्षण गर्दै सञ्चालनमा ल्याएको बताए ।,
तालमा डुङ्गा सञ्चालनमा आएसंगै स्थानीय हर्षित भएका छन् ।
बझाङमा ९५ जना एचआइभी सङ्क्रमितले औषधि सेवन गर्दै
बझाङ - बझाङमा एक सय ६७ जना एचआइभी सङ्क्रमित फेलापरेका मध्ये ९५ जनाले मात्रै औषधि सेवन गरिरहेका छ। सोमवार जिल्लास्थित सरोकारवालासँग वार्षिक
भीमदत्तनगरद्वारा श्रम बजार पहुँच वृद्धि गर्न सरोकारवालासंग छलफल
कञ्चनपुर - कञ्चनपुरको भीमदत्त नगरपालिकाले श्रम बजारमा श्रमिककोे पहुँच वृद्धि गर्नका लागि सरोकारवालासंग छलफल गरेको छ । मंगलबार भीमदत्त
कञ्चनपुर : तरकारीमा व्यवसायीले उपभोक्ताबाट चर्को मूल्य अशुल्दै
कञ्चनपुर - कञ्चनपुरको महेन्द्रनगर बजारमा तरकारीको मूल्य मनमर्जी रुपमा व्यवसायीहरुले लिईरहेका छन् । तरकारी बजार मण्डीमा एक मूल्य, बजारमा अनेकन
प्रतिकृया दिनुहोस