टी–२० विश्वकपमा आज भारत र अस्ट्रेलिया खेल्दै
आईसीसी टी–२० विश्वकप क्रिकेटमा आज भारत र अस्ट्रेलिया खेल्दैछन् । यो खेल बेलुका सवा ८ बजे सेन्ट लुसियाको डेरेन सामी मैदानमा शुरु हुनेछ ।
लगातार दुई खेल जितेको भारत समूह ‘एक’ को शीर्ष स्थानमा छ । भारतले अफगानिस्तान र बङ्गलादेशलाई हराएको थियो । अस्ट्रेलियाले बङ्गलादेशलाई हराएको थियो भने अफगानिस्तानसँग हारेको थियो ।
आज भारतलाई जितेमा अस्ट्रेलिया पनि सेमिफाइनलमा पुग्नेछ । तर आज भारतसँग हारेमा भने भोलि बङ्गलादेश र अफगानिस्तानको खेलको नतिजा कुर्नुपर्नेछ । आज अस्ट्रेलिया भारतसँग हारेमा र भोलि अफगानिस्तानले बङ्गलादेशलाई हराएमा अफगानिस्तान नै सेमिफाइनलमा पुग्नेछ । तर भोलि बङ्गलादेशले अफगानिस्तानलाई हराएमा भने अस्ट्रेलिया अन्तिम चारमा प्रवेश गर्नेछ ।
यसअघि समूह 'दुई' बाट इङ्गल्यान्ड र दक्षिण अफ्रिका सेमिफाइनलमा पुगेका छन् । आज बिहान आयोजक वेस्ट इन्डिजलाई हराउँदै दक्षिण अफ्रिका सेमिफाइनलमा प्रवेश गरेको हो ।
साफ महिला फूटबल फाइनलको टिकट एन्फाले जावलाखेल मैदानबाट बेच्ने
साफ महिला फूटबलको फाइनल खेलको टिक अखिल नेपाल फूटबल संघ (एन्फा)ले बुधबार जावलाखेलबाट बिक्रि गर्ने भएको छ। बिहान ८ बजेदेखि टिकट बिक्री गरिने
धोनीले आइपीएल खेल्ने
इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ को सिजनको तयारी सुरु भइसकेको छ र केही दिनमा फ्रेन्चाइजीहरूले खेलाडीलाई रिटेन गर्ने र रिलिज गर्ने निर्णय गर्दैछन्
आईसीसी विश्वकप लिग–२ : नेपाल अमेरिकासँग ३ विकेटले पराजित
आईसीसी विश्वकप लिग–२ मा नेपाल अमेरिकासँग ३ विकेटले पराजित भएकोछ । दुई सय ८७ रनको लक्ष्य अमेरिकाले ४९ ओभर चार बलमा सात विकेट गुमाएर पूरा गर्याे
प्रतिकृया दिनुहोस