कञ्चनपुरमा सिकारीकाे हवाई फाइरिङ्ग ! माेटरसाइकल बरामद
कञ्चनपुर -
कञ्चनपुरमा सिकारीले हवाई फाइरिङ्ग गरेकाे छ । बुधबार राति कृष्णपुर नगरपालिका-९ स्थित जानकी सामुदायिक वन क्षेत्रमा सिकारीले प्रहरी देखेपछि एक राउण्ड हवाई फाइरिङ्ग गरेको हाे ।,
सुरक्षा स्रोतका अनुसार -"तस्करी नियन्त्रणमा खटिएको प्रहरीटोली देखेपछि जंगलमा लुकेर बसेका सिकारी समूहले हवाई फाइरिङ्ग गर्यो ।,
हिजो राति उक्त जंगल क्षेत्रमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र नेपाल प्रदेश प्रहरी कार्यालय महेन्द्रनगरको प्रहरी टोली अपरेसनका लागि खटिएको थियोे ।
सोही क्षेत्रको बाटो हुँदै अवैध चोरी तस्करीको सामान भित्र्याउने गरेको भन्ने सूचनाको आधारमा टोली त्यहाँ गएकोमा यस्तो घटना घटेको हाे ।,
जंगली जनावरको सिकार गर्नेहरुले प्रहरी आएको थाहा पाएपछि हवाई फाइरिङ्ग गरेकाे बुझिन्छ । तर, सिकारीले चलाएकाे फाइरिङ्ग कसैलाई लागेन् । फाइरिङ्ग पछि सिकारीहरु भाग्न सफल भएको जनाइएको छ।
लगभग १०/१२ जनाको समूहमा रहेका उनीहरू मोटरसाइकलमा भागेर फरार भएको थिए । यस्तै उनीहरूको से १ प ४१११ नम्बरको मोटरसाइकल नियन्त्रणमा लिएको कञ्चनपुर प्रहरीले जनाएको छ।
यस्तै, प्रहरीले सिकारी द्वारा सिकार गरिएको मृगको ४ टाउको, १ सय ५६ केजी चित्तलको मासु सहित चक्कु बरामद गरेको छ।
सिकारीले शुक्लाफाटा राष्ट्रिय निकुञ्ज क्षेत्रमा सिकार गरेर मासुको तस्करी गर्ने गरेको प्रहरीको आशङ्का छ।भने, कञ्चनपुर प्रहरीले यतिबेला उनीहरूको खोजी भइरहेको जनाएको छ ।
बझाङमा ९५ जना एचआइभी सङ्क्रमितले औषधि सेवन गर्दै
बझाङ - बझाङमा एक सय ६७ जना एचआइभी सङ्क्रमित फेलापरेका मध्ये ९५ जनाले मात्रै औषधि सेवन गरिरहेका छ। सोमवार जिल्लास्थित सरोकारवालासँग वार्षिक
भीमदत्तनगरद्वारा श्रम बजार पहुँच वृद्धि गर्न सरोकारवालासंग छलफल
कञ्चनपुर - कञ्चनपुरको भीमदत्त नगरपालिकाले श्रम बजारमा श्रमिककोे पहुँच वृद्धि गर्नका लागि सरोकारवालासंग छलफल गरेको छ । मंगलबार भीमदत्त
कञ्चनपुर : तरकारीमा व्यवसायीले उपभोक्ताबाट चर्को मूल्य अशुल्दै
कञ्चनपुर - कञ्चनपुरको महेन्द्रनगर बजारमा तरकारीको मूल्य मनमर्जी रुपमा व्यवसायीहरुले लिईरहेका छन् । तरकारी बजार मण्डीमा एक मूल्य, बजारमा अनेकन
प्रतिकृया दिनुहोस