सुदूरपश्चिम प्रदेश : मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिने

२०८१ जेठ ३ बिहीबार

कैलाली-

 

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज विश्वासको मत लिने भएका छन् ।  आज बिहान १०ः३० बजे बस्ने सुदूरपश्चिम प्रदेशसभाको बैठकमा मुख्यमन्त्री सोडारीले विश्वासको मत लिने कार्यसूची छ । 

 

नेकपा (एकीकृत समाजवादी)का संसदीय दलका नेता एवं मुख्यमन्त्री सोडारी गत वैशाख ६ गते प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका थिए । सत्तासाझेदार एमालेले तयारी नपुगेको र थप छलफल गर्नुपर्ने अडान राखेपछि यसअघि वैशाख २१ र २२ गते मुख्यमन्त्री सोडारीले विश्वासको मत लिन बोलाउनुभएको प्रदेशसभाको बैठक स्थगित गरिएको थियो । 

 

अब भने एमालेले  सोडारीलाई विश्वासको मत दिने भएको छ ।  सुदूरपश्चिम प्रदेश एमाले संसदीय दलको बुधबार बसेको बैठकले मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिने निर्णय गरेको सो पार्टीका संसदीय दलका प्रमुख सचेतक सुरेन्द्रबहादुर पालले जानकारी दिए ।

 

एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टीका दुई प्रदेशसभा सदस्य र स्वतन्त्र डा तारा जोशीको समर्थनमा सोडारी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका थिए । त्रिपन्न सदस्यीय प्रदेशसभामा नेपाली कांग्रेसका १८, माओवादी केन्द्रका सभामुखबाहेक १०, एमालेका ११, नागरिक उन्मुक्ति पार्टीका सात, एकीकृत समाजवादी पार्टीका चार तथा राप्रपा र स्वतन्त्र एक एक सदस्य छन् ।

प्रतिकृया दिनुहोस

बझाङमा ९५ जना एचआइभी सङ्क्रमितले औषधि सेवन गर्दै

बझाङ -   बझाङमा एक सय ६७ जना एचआइभी सङ्क्रमित फेलापरेका मध्ये ९५ जनाले मात्रै औषधि सेवन गरिरहेका छ।   सोमवार जिल्लास्थित सरोकारवालासँग वार्षिक

भीमदत्तनगरद्वारा श्रम बजार पहुँच वृद्धि गर्न सरोकारवालासंग छलफल

कञ्चनपुर - कञ्चनपुरको भीमदत्त नगरपालिकाले श्रम बजारमा श्रमिककोे पहुँच वृद्धि गर्नका लागि सरोकारवालासंग छलफल गरेको छ ।  मंगलबार भीमदत्त

कञ्चनपुर : तरकारीमा व्यवसायीले उपभोक्ताबाट चर्को मूल्य अशुल्दै

कञ्चनपुर - कञ्चनपुरको महेन्द्रनगर बजारमा तरकारीको मूल्य मनमर्जी रुपमा व्यवसायीहरुले लिईरहेका छन् । तरकारी बजार मण्डीमा एक मूल्य, बजारमा अनेकन