बेलाैरी : नदीमा डुबेर दुई किशोरको मृत्यु

२०८१ बैशाख २२ शनिबार

बेलाैरी, कञ्चनपुर


कञ्चनपुर स्थित दोदा नदीमा डुबेर दुई किशोरको मृत्यु भएको छ ।

 
बेलौरी नगरपालिका ४ शान्तिपुरका स्थानीय किशोर राजेन्द्र कुँवर र विजय कुँवरको मृत्यु भएको हो । 


जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता उमेश जोशीले शनिबार दिउँसो पौडी खेल्न गएका चार जना मध्ये दुईको डुबेर मृत्यु भएको र बाँकी दुई घाईते भएको बताए ।

 

प्रवक्ता जोशीका अनुसार कुँवरद्वयको घटना स्थलमै मृत्यु भएको छ । भने  संगै गएका अर्का किशोर समिर सुवेदी, शिशिर विष्टको उपचार भईरहेको छ ।

 

घटना बारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । 

 

प्रतिकृया दिनुहोस

ट्राफिक कारबाहीबाट चार करोड राजस्व सङ्कलन

सुदूरपश्चिम प्रदेशमा ट्राफिक प्रहरीले चालु आर्थिक वर्षको १० महिनामा चार करोड १६ लाख ११ हजार राजस्व सङ्कलन गरेको छ । ट्राफिक प्रहरीले चालु आवको

कैलाली : हिउँदेबाली उत्पादनमा वृद्धि

 कैलाली-   कैलालीमा हिउँदेबाली उत्पादनमा वृद्धि भएको छ । कृषि ज्ञान केन्द्र कैलालीका अनुसार गत वर्षको तुलनामा यस वर्ष गहुँ उत्पादनमा तीन दशमलव ४२

शुक्लाफाँटामा कृष्णसारको सङ्ख्यामा वृद्धि

कञ्चनपुर-   शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हिरापुरफाँटामा संरक्षित कृष्णसारको सङ्ख्यामा वृद्धि भएको छ।   बाह्य संरक्षण क्षेत्रबाट