सुदूरपश्चिम : विश्वासको मत लिन बाेलाइएकाे प्रदेश सभा बैठक स्थगित

२०८१ बैशाख २२ शनिबार

धनगढी-

 

सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री दीर्घबहादुर साेडारीले विश्वासको मत लिने प्रयाेजनका लागि दाेस्रोपटक शनिबार बाेलाइएकाे बैठक पनि स्थगित भएकाे छ ।

 

प्रदेश सभा सचिवालयले सूचना जारी गर्दै शनिबार साँझ साढे ५ बजे बाेलाइएकाे बैठक अर्काे सूचना जारी नभएसम्मका लागि भन्दै अनिश्चितकाललाई स्थगित गरेकाे हाे ।

 

सत्तारूढ नेकपा एमालेले मुख्यमन्त्री साेडारीले सल्लाह बिना विश्वासकाे मत लिन हतार गरेकाले तत्काल सम्भव नहुने अडान लिएपछि शुक्रबार पनि प्रदेश सभाकाे बैठक स्थगित गर्दै  शनिबार लिने तयारी थियाे।

 

तर एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावल र  प्रमुख सचेतक नेतृत्वसँग सल्लाह गर्ने भन्दै काठमाडौं हिडेपछि प्रदेशसभा बैठक  अनिश्चितकाललाई सारिएको हाे ।

प्रतिकृया दिनुहोस

ट्राफिक कारबाहीबाट चार करोड राजस्व सङ्कलन

सुदूरपश्चिम प्रदेशमा ट्राफिक प्रहरीले चालु आर्थिक वर्षको १० महिनामा चार करोड १६ लाख ११ हजार राजस्व सङ्कलन गरेको छ । ट्राफिक प्रहरीले चालु आवको

कैलाली : हिउँदेबाली उत्पादनमा वृद्धि

 कैलाली-   कैलालीमा हिउँदेबाली उत्पादनमा वृद्धि भएको छ । कृषि ज्ञान केन्द्र कैलालीका अनुसार गत वर्षको तुलनामा यस वर्ष गहुँ उत्पादनमा तीन दशमलव ४२

शुक्लाफाँटामा कृष्णसारको सङ्ख्यामा वृद्धि

कञ्चनपुर-   शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हिरापुरफाँटामा संरक्षित कृष्णसारको सङ्ख्यामा वृद्धि भएको छ।   बाह्य संरक्षण क्षेत्रबाट