नेपाल पत्रकार महासङ्घको चुनाव जेठ २६ मा हुने

२०८१ बैशाख २२ शनिबार

नेपाल पत्रकार महासङ्घको निर्वाचन आगामी जेठ २६ गते हुने भएको छ ।

 

शुक्रबार राति काठमाडौँमा सम्पन्न महासङ्घको २७ औँ महाधिवेशनले आगामी जेठ २६ गते महासङ्घको निर्वाचन गर्ने मिति तोकेको हो। 

 

बिहीबार बसेको केन्द्रीय कार्यसमिति बैठकले जेठ १९ गतेका लागि मिति प्रस्ताव गरेको थियो । तर महाधिवेशनको बन्द सत्रमा छलफलका लागि प्रतिनिधिहरूले एक साता पर धकेल्न माग गरेपछि महासङ्घले २६ जेठमा केन्द्र, प्रदेश र जिल्ला तथा प्रतिष्ठान शाखाहरूको एकसाथ निर्वाचन गर्ने निर्णय गरेको हो ।

 

नेपाली पत्रकारहरूको छाता संस्था महासङ्घमा हरेक तीन वर्षमा नेतृत्व परिवर्तन हुने गर्दछ । प्रत्यक्ष निर्वाचनको व्यवस्था भएका कारण महासङ्घको नेतृत्वका लागि हरेक साधारण सदस्यले मताधिकार पाउँछन् । निर्वाचनको मिति तोके पनि महासङ्घले साधारण सदस्यको टुङ्गो भने लगाइसकेको छैन । 

 

महासचिव रोशन पुरीले एक साताभित्र साधारण सदस्यको टुङ्गो लगाइसक्ने भन्दै मिति प्रस्ताव गरेका थिए । 

प्रतिकृया दिनुहोस

आज अक्षय तृतीया

आज वैशाख शुक्ल तृतीया अर्थात अक्षय तृतीया, जौको सातु र सर्वत खाएर मनाइँदैछ । गर्मी बढ्ने समयमा शीतलता प्रदान गर्ने आहारको रुपमा जौको सातु र सर्वत पानी

आज मातातीर्थ औँसी, आमाको मुख हेर्ने दिन

आज मातातीर्थ औँसी । हरेक वर्ष वैशाख कृष्णपक्ष औँसीका दिन आमालाई सम्मान गरी आमाको मुख हेर्ने गरिन्छ । आज आमालाई मीठा खानेकुरा र उपहार दिई आशीर्वाद लिएर

सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ

क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ हुँदै छ । उच्च अदालत पाटनमा आजका लागि पेशी तोकिएको छ ।    यसअघि गत आइतबार अदालतले आज पहिलो