राष्ट्रिय सूचना आयोगले आज स्थापना दिवस मनाउँदै

२०८१ बैशाख २२ शनिबार

राष्ट्रिय सूचना आयोगले आज १७ औँ स्थापना दिवस मनाउँदैछ । २०६५ साल वैशाख २२ मा राष्ट्रिय सूचना आयोगको स्थापना भई सूचनाको हक कार्यान्वयनका लागि आयोगले काम गर्दै आएको छ । आयोगले सूचनाको हकलाई सङ्घदेखि पालिकासम्म सार्वजनिक निकाय, नागरिक तथा सूचनाको हकका अभियन्तासम्म पुर्‍याउनु पर्नेमा जोड दिएको छ ।

 

१७ औँ स्थापना दिवसका अवसरमा आयोगले सूचनाको हकले शासकीय व्यवस्थामा पारदर्शीता र जवाफदेहिता कायम गर्दै नागरिकको  सशक्तीकरणमार्फत् सुशासनको प्रवद्र्धन र लोकतन्त्रको सुदृढीकरणमा योगदान गर्ने उल्लेख गरेको छ । सार्वजनिक निकायको सूचनाको हकको कार्यान्वयन गरे/नगरेको अनुगमन गर्नसङ्घ, प्रदेश र जिल्लास्तरमा बनाइएका संयन्त्रको प्रभावकारीरुपमा क्रियाशील बनाउन सरकारलाई आयोगले अनुरोध गरेको छ ।

 

नेपालको संविधानको धारा २७ मा सूचनाको हकलाई मौलिक हकका रुपमा स्वीकार गरिएको छ । तर सूचना पाउन नसकी आयोगमा पुनरावेदन गर्नेको सङ्ख्या बढ्दो छ । आयोगले पुनरावेदनको संख्या १० हजारभन्दा धेरै नाघेको जनाएको छ । सूचना माग गर्ने र प्राप्त गर्ने अधिकारको सम्मान र पालना नगर्ने ४० भन्दा धेरै सार्वजनिक निकायका प्रमुखमाथि कारबाही भएको पनि आयोगले जनाएको छ ।

 

आयोगको स्थापना दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सूचनाको हकलाई प्रत्याभूति गर्न कानूनमा भएको व्यवस्था अनुसार आयोगले भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभएको छ । राष्ट्रिय सूचना आयोगले आफ्नो स्थापना दिवसको अवसरमा सूचनाको हकसम्बन्धी क्षेत्रमा उत्कृष्ट काम गर्ने १३ जनालाई पुरस्कृत गर्ने भएको छ ।

 

आयोगले विनय कसजु उत्कृष्ट अभियान्ता पुरस्कारबाट सिराहा नगरपालिका–७ का परशुराम साह, पोखरा महानगरपालिका–१६ का यदुनाथ बञ्जरा, हेटौंडा उपमहागरपालिका–८ का इन्दप्रसाद बन्जरा र मेलाम्ची नगरपालिका–१० का आदित्य दहाललाई पुरस्कृत गर्ने निर्णय गरेको छ ।

 

त्यसैगरी उत्कृष्ट सूचना अधिकारी पुरस्कारबाट पञ्चदेवल विनायक नगरपालिका अछामका ललितबहाुदर बुढा, घ्याङलेख गाउँपालिका सिन्धुलीका किशोरकुमार वाइवा, गल्कोट नगरपालिका बाग्लुङका तुलबहादुर विक, दङ्गीशरण गाउँपालिका दाङका टेकबहादुर खत्री र धनकुटा नगरपालिका धनकुटाका सूचना अधिकारी डम्बर रोगुलाई पुरस्कृत गर्ने निर्णय गरेको छ ।

 

त्यस्तै, उत्कृष्ट कर्मचारी पुरस्कारबाट आयोगका शाखा अधिकृत हरिहर कार्की, नायव सुब्बा शान्ता न्यौपाने, लेखापाल लक्ष्मण अर्याल र कम्प्युटर अपरेटर गौरव गुरुङ पुरस्कृत हुनुहुनेछ । उहाँहरु सबैलाई राष्ट्रपति कार्यालय शीतल निवासमा हुने विशेष समारोहबीच पुरस्कार प्रदान गरिने आयोगका सूचना आयुक्त एवम् प्रवक्ता कमला ओली थापाले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस

आज अक्षय तृतीया

आज वैशाख शुक्ल तृतीया अर्थात अक्षय तृतीया, जौको सातु र सर्वत खाएर मनाइँदैछ । गर्मी बढ्ने समयमा शीतलता प्रदान गर्ने आहारको रुपमा जौको सातु र सर्वत पानी

आज मातातीर्थ औँसी, आमाको मुख हेर्ने दिन

आज मातातीर्थ औँसी । हरेक वर्ष वैशाख कृष्णपक्ष औँसीका दिन आमालाई सम्मान गरी आमाको मुख हेर्ने गरिन्छ । आज आमालाई मीठा खानेकुरा र उपहार दिई आशीर्वाद लिएर

सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ

क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ हुँदै छ । उच्च अदालत पाटनमा आजका लागि पेशी तोकिएको छ ।    यसअघि गत आइतबार अदालतले आज पहिलो