बेलाैरी : ब्राइट स्टार बाेर्डिङ स्कुलले मनायो रजत जयन्ती 

२०८१ बैशाख २० बिहीबार

दिनेश चाैधरी / बेलाैरी, कञ्चनपुर -

 

कञ्चनपुरको बेलाैरी नगरपालिका ४ शान्तिपुरमा रहेको ब्राइट स्टार बाेर्डिङ स्कुलले रजत जयन्ती मनाएको छ । 

 

बिहीबार विद्यालय स्थापनाकाे २५औं वर्षपूरा भएको उपलक्ष्यमा (silver jubilee celebration) अर्थात् रजत जयन्ती समारोह २०८१ भव्य रुपमा मनाइएको विद्यालयका प्रिन्सिपल बिष्णु प्रसाद शर्माले बताए । 

 

कञ्चनपुर क्षेत्र नम्बर १ तर्फका प्रतिनिधि सभा सदस्य तारालामा तामाङकाे प्रमुख आतिथ्य रहेको उक्त समारोहमा शिक्षक विद्यार्थी अभिभावक समाजसेवी एवम् सराेकारवालाहरुकाे उपस्थिति रहेको थियाे प्रिन्सिपल शर्माले भने, - रजत जयन्तीको अवसरमा विद्यालयलाई हालसम्म प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने महानुभावहरुलाई सम्मान गरिएको छ ।,

 

यस्तै, ब्राइट स्टारकाे रजत जयन्ती समारोहलाई सम्बाेधन गर्ने अधिकांश सहभागी वक्ताहरुले बधाई दिदै सुखद् शैक्षिक यात्राको शुभकामना व्यक्त गरेका थिए । 

 

कक्षा १ देखि १० सम्म सञ्चालनमा रहेको ब्राइट स्टार बाेर्डिङ स्कुल बालबालिकाकाे  उचित शैक्षिक गन्तव्यका रुपमा हेरिएको स्थानीयकाे बुझाइ छ ।,

 

भने, सस्तो सुलभ मुल्यमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको उक्त विद्यालयले आगामी शैक्षिकसत्रका लागि समेत धमाधम विद्यार्थी भर्ना लिइएको प्रिन्सिपल शर्माले बताए ।

 

उनले रजत जयन्तीको अवसरमा विद्यालयका शिक्षक अभिभावक शुभेच्छुक एवम् शुभचिन्तक महानुभाव प्रति आभार प्रकट गरेका छन् ।

प्रतिकृया दिनुहोस

सुदूरपश्चिमका मुख्यमन्त्री साेडारीलाई विश्वासकाे मत प्राप्त

सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत पाउनुभएको छ । प्रदेश सभाको आजको बैठकमा मुख्यमन्त्री सोडारीले राखेको विश्वासको मतको

कञ्चनपुरमा सिकारीकाे हवाई फाइरिङ्ग ! माेटरसाइकल बरामद

कञ्चनपुर -   कञ्चनपुरमा सिकारीले हवाई फाइरिङ्ग गरेकाे छ । बुधबार राति कृष्णपुर नगरपालिका-९ स्थित जानकी सामुदायिक वन क्षेत्रमा

कञ्चनपुर : आरक्ष पीडितकाे फेरि एकपटक अन्तिम डेलिगेशन

केशव थापा/ कञ्चनपुर - दुई दशक बढी समयदेखि पुर्नस्थापनाको पखाईमा रहेका कञ्चनपुरका आरक्षपीडित एक पटक फेरी न्यायका लागि संघीय सरकार समक्ष जाने भएका