डढेलो प्रभावितलाई तत्काल राहतको व्यवस्था गर्न सरकारको निर्देशन
आगलागीबाट घरबास गुमाएका पीडितले खान, बस्न नपाएको गुनासो गरिरहँदा सरकारले तत्काल राहत, उद्धार तथा व्यवस्थापनको काम गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।
हिजो गृह मन्त्रालयमा बसेको आपत्कालीन बैठकमा उप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सबै माध्यमको प्रयोग गरेर पीडामा परेकालाई राहत र उद्धारमा सघाउन निर्देशन दिनुभएको हो । कार्यविधि र नियमावलीको पालना गर्दै आगलागी तथा अरु विपद्मा परेकालाई तत्काल राहतका लागि ढिलाइ नगर्न सरकारले सम्बन्धित निकायको ध्यानाकर्षण गराएको हो ।
गृहमन्त्री लामिछानेले आगलागी र डढेलो नियन्त्रणका लागि सङ्घ, प्रदेश र पालिकाले पहल गर्नुपर्ने बताउनुभयो । केही दिनयता तापक्रम बढेसँगै देशभरि डढेलो र आगलागीका घटना बढेका छन् । गृह मन्त्रालय मातहतको राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रको तथ्याङ्कअनुसार वैशाख लागेदेखि देशका चार सयभन्दा बढी ठाउँमा आगलागी भएको छ भने दुई सयभन्दा बढी ठाउँमा डढेलो बस्ती पसेको छ।
दुई हप्तामा आगलागी र डढेलोका कारण १० जनाले ज्यान गुमाएका छन् । वैशाख लागेपछि सात सयभन्दा धेरै घरमा आगो लागेको छ । नौ सयभन्दा धेरै परिवार प्रभावित भएका छन् । २३ करोड रुपैयाँभन्दा धेरैको भौतिक क्षति भएको आंकलन गरिएको छ ।
अझै केही दिन उच्च तापक्रम र हावाहुरीको अवस्था रहने भएकाले आगलागीको बढ्ने जोखिम छ । डढेलो तथा आगलागीका घटना हुनै नदिन गाउँठाउँमा सचेतना अभियान सञ्चालन गर्न विज्ञहरुले आग्रह गर्दै आएका छन् ।
सुदूरपश्चिम प्रदेश सभा सदस्य भण्डारीले लिए शपथ
१५ वैशाखमा भएको उपनिर्वाचनमा बझाङ-१ को (क) निर्वाचित सुदूरपश्चिम प्रदेश सभा सदस्य दमन भण्डारीले पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहीबार
तीनवटा संसदीय समितिको बैठक बस्दै
आज तीनवटा संसदीय समितिको बैठक बस्दै छ । जसअनुसार बिहान ११ बजे कानून, न्याय तथा मानव अधिकार समितिको बैठक बस्दै छ । बैठकमा केही नेपाल ऐनलाई संशोधन
हिरासत छल्न अस्पताल जाने प्रवृत्ति रोक्न गृह मन्त्रालयको ३ बुँदे निर्देशन
गृह मन्त्रालयले कुनै पनि व्यक्ति अनुसन्धान वा अभियोजनका लागि पक्राउ परेपछि हिरासत छल्न अस्पताल जाने प्रवृत्ति रोक्न तीन बुँदे निर्देशन जारी गरेको छ
प्रतिकृया दिनुहोस