वैशाख ६ र ७ गते भिटामिन 'ए' र जुकाको औषधि खुवाइने

२०८१ बैशाख ४ मंगलबार

सरकारले यही वैशाख ६ र ७ गते बालबालिकालाई ‘राष्ट्रिय भिटामिन ए कार्यक्रम’ सञ्चालन गर्दै छ ।

 

‘राष्ट्रिय भिटामिन ए’ को सबै तयारी पूरा भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य सेवा विभागको पोषण शाखा प्रमुख लीलाविक्रम थापाले जानकारी दिनुभयो ।

 

भिटामिन ‘ए’ क्याप्सुल छ महिनादेखि ५९ महिनाका बालबालिका तथा जुकाको औषधि एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई खुवाइने छ । भिटामिन ‘ए’ झण्डै ३२ लाख बालबालिका र जुकाको औषधि झण्डै २९ लाख बालबालिकालाई खुवाइने लक्ष्य रहेको थापाले जानकारी दिनुभयो ।

 

सरकारले बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि २०५० सालदेखि भिटामिन ‘ए’ क्याप्सुल र २०५६ सालदेखि जुकाको औषधि नियमित खुवाउन थालेको हो ।

 

पोषण शाखा प्रमुख थापाले ‘राष्ट्रिय भिटामिन ए’ कार्यक्रमसँगै यसअघि खोप लगाउन छुटेका बालबालिकालाई खोप पनि लगाइने बताउनुभयो ।रासस

प्रतिकृया दिनुहोस

आज अक्षय तृतीया

आज वैशाख शुक्ल तृतीया अर्थात अक्षय तृतीया, जौको सातु र सर्वत खाएर मनाइँदैछ । गर्मी बढ्ने समयमा शीतलता प्रदान गर्ने आहारको रुपमा जौको सातु र सर्वत पानी

आज मातातीर्थ औँसी, आमाको मुख हेर्ने दिन

आज मातातीर्थ औँसी । हरेक वर्ष वैशाख कृष्णपक्ष औँसीका दिन आमालाई सम्मान गरी आमाको मुख हेर्ने गरिन्छ । आज आमालाई मीठा खानेकुरा र उपहार दिई आशीर्वाद लिएर

सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ

क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ हुँदै छ । उच्च अदालत पाटनमा आजका लागि पेशी तोकिएको छ ।    यसअघि गत आइतबार अदालतले आज पहिलो