नेत्रहीन क्रिकेट टी–२० विश्वकप आजदेखि शुरू, नेपालले श्रीलङ्कासँग खेल्दै

२०८१ मङ्सिर ८ शनिबार

नेत्रहीन क्रिकेट टी–२० विश्वकप आजदेखि शुरू हुँदैछ । उद्घाटन खेलमा आज घरेलु टोली पाकिस्तान र दक्षिण अफ्रिका लाहोरमा नेपाली समयअनुसार बिहान सवा ११ खेल्दैछन् ।

 

यस्तै नेपालले आफ्नो पहिलो खेलमा यही समयमा श्रीलङ्कासँग खेल्दैछ । चौथो संस्करणको नेत्रहीन क्रिकेट टी–२० विश्वकप पाकिस्तानमा आजदेखि डिसेम्बर ३ तारिखसम्म चल्नेछ । खेलहरु लाहोर र मुल्तानमा हुने छन् ।

 

नेपालले आफ्नो दोस्रो खेल नोभेम्बर २४ तारिखमा बङ्गलादेशसँग, तेस्रो खेलमा अफगानिस्तानसँग नोभेम्बर २५ तारिखमा, चौथो खेल दक्षिण अफ्रिकासँग नोभेम्बर २६ तारिखमा तथा पाँचौँ खेल नोभेम्बर २७ तारिखमा पाकिस्तानसँग खेल्नेछ ।

 

नेपाल र भारतबीच नोभेम्बर २९ तारिखमा खेल हुने तालिका थियो । तर भारत सहभागी नभएपछि नेपालले वाक ओभर पाएको छ । यो प्रतियोगितामा नेपालसहित आयोजक पाकिस्तान, दक्षिण अफ्रिका, श्रीलङ्का, बङ्गलादेश र अफगानिस्तान सहभागी छन् ।

 

भारतले आफ्नो टिमलाई पाकिस्तान जान स्वीकृति नदिएपछि भारत सहभागी नहुने भएको हो । भारतले खेल्ने लिग चरणका खेलमा उससँग खेल्ने टोलीले वाक ओभर पाउनेछन् । आजै भारत र बङलादेशबीच पनि खेल हुने तालिका थियो ।

 

लिग चरणमा शीर्ष चारमा रहने टोलीले सेमिफाइनल खेल्नेछन् । फाइनल खेल डिसेम्बर ३ तारिखमा मुल्तानमा हुनेछ । 
 

प्रतिकृया दिनुहोस

स्वास्थ्य बीमा किन चाहिन्छ?

नेपालमा यही असोज दोस्रो साताको भारी वर्षाका कारण आएको बाढीपहिरोमा परी २३० जनाभन्दा बढीको ज्यान गयो। अर्बौं रूपैयाँको भौतिक क्षति भयो।   नेपाल

सुदूरपश्चिम रोयल्सले भोलि धनगढीमा र्‍याली गर्ने

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको टोली सुदूरपश्चिम रोयल्सले भोलि धनगढीमा र्‍याली गर्ने भएको छ ।   सुदूरपश्चिम रोयल्सले भोलि धनगढीको

नेपालले कुवेतलाई १ सय ६५ रनले हरायो

कप्तान पूजा महतोको अलराउन्ड प्रदर्शनमा नेपालले आईसीसी १९ वर्षमुनिको महिला टी–२० विश्वकप एशिया छनोटमा कुवेतलाई १ सय ६५ रनले हराएको छ ।   नेपालले