३१ अंकले घटेर २६८० विन्दुमा झर्यो नेप्से
बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) ३१.३१ अंकले घटेको छ । नेप्से १.१५ प्रतिशतले घटेर २६८०.४४ विन्दुमा आएको हो । आज ८ अर्ब २५ करोड ५७ लाख ४३ हजार रुपैयाँ बराबरको १ करोड ८४ लाख ७४ हजार २४ कित्ता शेयर कारोबार भएको छ ।
प्रि–ओपन सेसनमा समेत झिनो अंकले घटेको नेप्सेमा आज ४३ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १९४ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ४ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । ३१४ कम्पनी कारोबारमा आउँदा ८४ हजार ८५८ पटक शेयर किनबेच भएको छ ।
यस्तै २ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा जानकी फाइनान्सको शेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ । १३ वटा समूहमध्ये सबै समूह राताम्य भएको छ । सबैभन्दा बढी फाइनान्स समूह २.८६ प्रतिशतले घटेर ३ हजार ५६९.४३ विन्दुमा पुगेको छ ।
आज सबैभन्दा कम म्यचुअल फण्ड समूह ०.१९ प्रतिशतले घटेर २१.९१ विन्दुमा पुगेको छ । यता, वाणिज्य बैंक ०.९० प्रतिशतले, विकास बैंक १.४७ प्रतिशतले, होटल तथा पर्यटन १.७३ प्रतिशतले, हाइड्रोपावर ०.९० प्रतिशतले, लगानी ०.९० प्रतिशतले, जीवन बीमा १.३६ प्रतिशतले, उत्पादन तथा प्रशोधन १.५४ प्रतिशतले, लघुवित्त ०.६८ प्रतिशतले, निर्जीवन बीमा १.१६ प्रतिशतले, ट्रेडिङ ०.९८ प्रतिशतले र अन्य समूह १.६१ प्रतिशतले घटेको छ ।
एक हजारले बढ्यो सुनको भाउ, तोलाको कति?
आज सुनको भाउ तोलामा एक हजार रुपैयाँले बढेको छ । केही दिनदेखि लगातार घटेको सुनको भाउ आज एकैदिन तोलामा एक हजार रुपैयाँले बढेर एक लाख ६१ हजार रुपैयाँ
सुनको मूल्य बढ्यो, कतिमा हुदैछ कारोबार ?
साताको अन्तिम कारोबार दिन अर्थात् शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १०० सय
२२ सयले घट्यो सुनको मूल्य, तोलाको कति?
सुनको मूल्य आज २२०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार बिहीबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ६० हजार रुपैयाँ कायम भएको छ
प्रतिकृया दिनुहोस